इलाम। भारतको जेलमा ४० वर्षसम्म विनासुनुवाइ बसेका इलामका दीपकप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् । दाजु प्रकाशचन्द्र तिम्सिनाको रोहबरमा छुटेका उनी आजै नेपाल फर्किनेछन् ।
उच्च अदालत, कोलकाताले बुधबार साँझ उनलाई छाड्न आदेश दिएको थियो । आदेशमा उनको स्वास्थ्य स्थितिबारे ६/६ महिनामा जानकारी गराउन पनि भनिएको छ ।
इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । काम खोज्दै दार्जिलिङ गएका थिए । त्यहीँ पक्राउ परे पछि विना सुनुवाइ चार दशकसम्म भारतका विभिन्न जेलमा घुमाइए । थुनामा रहेका एक कैदीबन्दीले उनीबारे वेस्ट बंगाल रेडियो क्लबलाई बताएपछि यो घटना बाहिर आएको थियो ।
उक्त क्लबमा समेत आबद्ध उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा दीपकको पक्षमा कानूनी लडाइँका लागि प्रारम्भदेखि नै खटिएका थिए । ‘एक जना कैदीबन्दीले खबर गरेपछि त्यसबारे जानकारी म कहाँ आएको थियो र जेलमै गएर भेटेको थिएँ’, उनले भने, ‘आज उनी छुट्दै गर्दा मलाई खुशी लागेको छ ।’
शुक्रबार दिपकलाई भेट्न पुगेका प्रकाशले आज दाजुलाई जिम्मा बुझेको बताइएको छ । छुट्नु अघि जेलमै दाजुभाईकाले लामो सम्बाद भएको थियो । प्रकाशले जेलबाट निस्कएिपछि नेपाली गित गाएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
चालीस बर्ष जेलमा विताएका उनी कम बोल्ने , सोधेको कुराको मात्रै जवाफ दिने गरेको छन् ।
कपाल फुलेका, कमेज सुरुवालमा जेलबाहिर आएका उनलाई परिवारका सदस्य, वकिल र शुभेच्छुकहरुले माला लगाएर स्वागत गरेका थिए ।
प्रतिक्रिया