logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • इलाममा मतपेटिका संकलन हुदै , आजै मतगणना सुरु गरिने

    इलाममा मतपेटिका संकलन हुदै , आजै मतगणना सुरु गरिने


    इलाम, बैशाख ३०

    इलाम जिल्लामा मतदान सम्पन्न भएको छ । जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्खनामले बताउनु भयो । जिल्लाभर मतदान सम्पन्न गरी मत पेटिका मतगणना स्थलमा ल्याउन थालिएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार जिल्लाम करिव ६५ प्रतिशत मतदान भएको जनाईएको छ । निर्वाचन व्यवस्थापन समितिको बैठक बसी मतगणना गर्ने बारे छलफल गर्न लागिएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्खनामले बताउनु भएको छ । इलाम नगरपालिकामा ९ बजे सम्म सबै वडाको मतपेटिका आईपुग्ने इङ्खनामले बताउनु भयो ।
    जिल्लाको चुलाचुली गाउँपालिका , फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाका केही वडाको मतपेटिका संकलनमा ढिलाई हुने देखिएको छ । अन्य पालिकामा भने ९ बजेसम्म मतपेटिका गणना स्थल सम्म पुरयाइने जनाइएको छ ।
    इलाममा स्थानीय तह निर्वाचनका लागि २ लाख २४ हजार ७ सय ४८ मतदाता रहेका छन । इलामका ४ नगरपालिका , ६ गाउँपालिकाका ८१ वटा वडामा चार सय २५ जनप्रतिनिधि निर्वाचित गर्न मतदान सम्पन्न भएको छ । ५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ बैशाख ३०, शुक्रबार १३:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP