इलाम , बैशाख ३० ।
इलाम जिल्लाका सबै स्थानीय तहमा मतगणनाका लागि सिसिक्यामेरा जडान र तारजालि सहितको प्रवन्ध मिलाइएको छ । मतगणनालाई सुरक्षित बनाउन सिसिक्यामेरा जडान र तारजालि सहितको घेराबारा बनाईएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङनामले जानकारी दिनुभयो । इलाम नगरपालिकामा आज राति ११ बजे बाट मतगणना गरिने इङनामले बताउनु भएको छ । माई नगरपालिकामा सर्वदलीय बैठक सम्पन्न भएको पत्रकार विमल दहालले जानकारी दिनु भएको छ । माईमा आज राति ११ ३० देखि मतगणना गरिने भएको छ ।
अन्य पालिकाहरुमा पनि मतगणनाको लागि सर्वदलीय बैठक बसीरहेको छ ।
प्रतिक्रिया