logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • माईजोगमाई ३ को वडाध्यक्षमा कांग्रेसका राम घिमिरे ,गठबन्धनको प्यानल बिजयी

    माईजोगमाई ३ को वडाध्यक्षमा कांग्रेसका राम घिमिरे ,गठबन्धनको प्यानल बिजयी

     इलामको माईजोगमाई गाउँपालिका–३ मा गठबन्धनको प्यानल निर्वाचित भएको छ । सो वडामा ८६५ मतका साथ कांग्रेसका राम घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी वीरबहादुर देवानले ६१७ मत प्राप्त गरे ।महिला सदस्यमा ८५१ मतका साथ शकुन्तला पौडेल बिजयी भइन् । उनको निकटतम प्रतिद्धन्द्धी देउमाया विमलीले ५९१ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा ८१४ मतका साथ कल्पना देवी सार्की निर्वाचित भइन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी गौरीमाया नेपाली दर्जीले ५७४ मत प्राप्त गरिन् ।

    खुल्ला सदस्यमा ७९५ मतका साथ नेपाली कांग्रेसका प्रेम बहादुर तामाङ र ६९५ मतका साथ एकिकृत समाजवादीका विक्रम राई बिजयी भए । नेकपा एमालेका युवराज नेपाल र यामबहादुर हेल्मुले समान ५६३ मत पाए ।२ हजार ३ सय ५३ मतदाता रहेको वडामा १ हजार ५ सय ९७ मत खसेको थियो । हालसम्म माईजोगमाई गाउपालिका भरीको ५ हजार ६ सय ६ मत गणना हुँदा गठबन्धनका उम्मेदवारले अग्रता बनाइरहेका छन् ।

    ३ वटा वडाको गणना सम्पन्न भइसक्दा गठबन्धनबाट अध्यक्षमा एकिकृत समाजवादीका जीतबहादुर राईले २ हजार ६ सय ६२ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका कुशबहादुर थेवेले २ हजार १ सय ५५ मत पाएका छन् ।उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रविना राईले २ हजार ७ सय ५७ मत पाउँदा एमालेकी सावित्रा भट्टराईले २ हजार १ सय ३२ मत पाएकी छन् ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ जेष्ठ १, आईतवार १६:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP