इलाम ,असार ३
जलवायु परिवर्तन प्रभाव न्युनीकरण र अनुकुलनको लागि उपायहरु अवलम्बन गर्न सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा लैङ्गिक न्यायसंगत जलवायु अनुकुलन र उत्थानशीलता निमार्णका उपायहरु बारे छलफल भएको छ । कार्यक्रमका कृषि क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र अनूकूलनका उपायहरु बारे इलाम सामुदायिक कृषि क्याम्पसका प्रमुख तथा कृषि विज्ञ डा.योगेन्द्रमान श्रेष्ठले जानकारी गराउनु भएको थियो । जलवायु परिवर्तन र यसको असर,राष्ट्रिय जलवायु परिवर्तन नीति, स्थानीय सरकारले गर्नुपर्ने कार्यहरु बारे इलाम नगर अन्तर्गतको विपद तथा वातावरण शाखाकी प्रमुख तथा वातावरण विद लुना खतिवडाले चर्चा गर्नु भएको थियो । इलाममा रहेको सहयात्रा नेपाल संस्थाको संयोजनमा बनेको बहुसरोकारवाला मञ्चले कार्यक्रमको आयोजना गरेको हो ।
इलाम स्थित सात वटा संस्थाहरुको सहभागीतामा बनेको इलाम नगरपालिका स्तरीय मञ्चले विगत एक वर्ष देखि जलवायु कार्यहरुको लागि सचेतना कार्यक्रम संचालन गर्दै आएको छ । नेपालमा लैंगिक न्यायसंंगत जलवायु समाधान र कार्यहरुको लागि नागरिक समाजको संलग्नता परियोजना मार्फत जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्ने , राष्ट्रिय जलवायु परिवर्तन नीतिको स्थानीयकरणमा समन्वय गर्ने , उत्थानशिल मानवीय र पारिस्थितीकिय प्रणालीको निमार्ण गर्न सहयोग पुर्याउने र वातावरणीय न्यायमा महिला शसक्तिकरण लगायत उदेश्यले कार्यक्रम संचालन गरी रहेको सहयात्रा नेपाल संस्थाकी अध्यक्ष हेम कुमारी शिवाले बताउनु भयो ।
कार्यक्रममा इलाम नगरपालिकाका मेयर केदार थापाले विपद तथा वातावरण शाखा मार्फत जलवायु कार्यहरुलाई अघि बढाउने बताउु भएको छ । वातावरणको क्षेत्रमा काम गर्ने संघ संस्था सँग सहकार्य गरी कार्यक्रमहरु संचालन गरिने जनाउनु भएको छ ।
प्रकृति रिर्सोसेस सेन्टर काठमाण्डौको सहयोगमा संचालित कार्यकक्रममा उपमेयर विष्णु दहाल लिम्बु, इलाम नगर प्रवक्ता तथा वडा अध्यक्ष नुतनदेव दुलाल, वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक नरेश श्रेष्ठ, वडा नं. ६, ८ र ११ का वडाध्यक्षहरु दुर्गा श्रेष्ठ, दलमान तामांंग र टासी जवेगु लगायत उपस्थिति रहेको थियो ।
संस्थाले स्थानीय तह निर्वाचन २०७९ अघि इलामका राजनितिक दलहरुलाई वातावरण संरक्षण र जलवायु परिवर्तन प्रभाव न्युनीकरण र अनुकुलनको लागि घोषणा पत्रमा समेट्न अनुरोध गर्दै अन्तरकृया कार्यक्रम संचालन गरेको संस्थाले जनाएको छ । घोषणा पत्रमा राखिको वातावरण र जलवायु सम्बन्धी बुदाँहरुको स्मरण गराई कार्यन्वय गर्न नवनिर्वाचित जनप्रतिनिधीहरुलाई संस्थाले आग्रह गरेको छ ।
प्रतिक्रिया