इलाम ,भाद्र २७ :इलाममा पार्किङ गरी राखेको गाडीवाट डिजेल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका वडा नं. ९ मा पार्किङ गरी राखेको गाडीबाट डिजेल चोरी गर्ने इलाम नगरपालिका ९ का २८ बर्षिय डम्बर बहादुर तामाङ र सोही स्थान बस्ने २३ बर्षिय मान बहादुर मोक्तान पक्राउ परेका हुन ।
उनीहरुले पार्किङ गरी राखेको प्र १–०१–००१ क ८८४ नम्बरको टिप्परको ट्यांकीबाट ५० लिटर डिजल चोरी गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक तेज बहादुर दाहालले बताउनु भयो । विगतमा पनि उक्त स्थानमा पार्किङ गरी राखेका सवारी साधनवाट तेल चोरी हुने गरेको गुनासो आईरहे पछि प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दा घरमा डिजेल लुकाई राखेको प्रहरीले फेला पारेको जनाएको छ । पक्राउ परेका दुवैैजनालाई इलाम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया