इलाम ११ चैत : माईजोगमाई गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरुको लागि क्षमता अभिवृद्धि तालिम शनिवार देखि सुरु भएको छ । तालिम न्यायिक समितिको काम कर्तव्य र अधिकार , जनप्रतिनिधीहरुको काम कर्तव्य र अधिकार जस्ता विषयवस्तु बारे जानकारी गराउने उदेश्यले संचालन गरिएको आयोजक सहयात्रा नेपालले जनाएको छ । तालिममा गाउँपालिका प्रमुख , उप्रमुख , वडाअध्यक्षहरु , कार्यपालिका सदस्यहरु त्था वडा सदस्यहरुको सहभागिता रहेको छ । तालिममा अधिवक्ताहरु बाल मुकुन्द घिमिरे , सुमिता डंगोल र विन्द्रा महर्जनले सहजीकरण गरीरहनु भएको छ ।
तीन दिनसम्म संचालन हुने तालिमको माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आतिथ्यता र संस्थाकी अध्यक्ष हेम कुमारी शिवाको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शान्तिका लागि साझा अभियानका समिता डंगोल , माईजोगमाई गाउँपालिकाका उपाध्यक्ष प्रविना राई लगायले मन्तव्य राख्नु भएको थियो ।
टेवाको सहयोग र साझा अभियान नेपालको सहकार्यमा जिल्लाको पाँचवटा स्थानीय तहमा तालिम संचालन गरिने सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवाले जानकारी दिनु भएको छ । स्थानीय जनप्रतिधिहरुले काम कर्तव्य र अधिकार बारे जानकारी पर्याप्त नहुदा सेवा प्रवाहमा समस्या भइरहेको जनप्रतिनिधीहरुको अनुभव छ । जनप्रतिधीहरुको अन्योलताले पनि कतिपय कामहरु प्रभावकारी हुन सकीरहेको छैन । यस्ता तालिमले जनप्रतिनिधीको क्षमता अभिवृद्धि भई काम गर्न सहज हुने बताउछन । सहयात्रा नेपालले यस अघि फाकफोथुम गाउँपालिका सँग साझेदारी गरी ४ दिन सम्म तालिम संचालन गरेको संस्थाकी सचिव इन्दिरा तिखत्रीले बताउनु भयो । यसैगरी सन्दपुर गाउँपालिकामा पनि यसै साता तालिम सम्पन्न गरेको संस्थाले जनाएको छ । माई जोगमाई पछि सुर्योदय नगरपालिका र रोङ गाउँपालिकामा समेत तालिम संचालन गरिने जनाईएको छ ।
प्रतिक्रिया