डिभिजन बन कार्यलयद्धारा इलामका चार सामुदायिक वन उपभोक्ता समुह पुरस्कृत

डिभिजन बन कार्यलयद्धारा इलामका चार सामुदायिक वन उपभोक्ता समुह पुरस्कृत


इलाम , २५ असार।
इलामका चार वटा सामुदायिक वन उपभोक्ता समुह पुरस्कृत भएका छन । डिभिजन बन कार्यलय इलामद्धारा इलाम जिल्ला भरका उत्कृष्ट समुहलाई सोमबार एक कार्यक्रमका बीच नगद पुरस्कार सहित पुरस्कृत गरिएको हो । सुर्योदय नगरपालिका वाड न. २ र ४ मा रहेको दिपककमल सामुदायिक बन उपभोक्ता समुह पहिलो स्थान प्राप्त गरी २५ हजार नगद सहित पुरस्कृत भएको छ ।

माङसेबुङ गाउँपालिका ३ मा रहेको दरवारे सामुदायिक बन उपभोक्ता समुह दोस्रो, फाकफोथुम गाउँपालिका ४ को राहुँते धारापानी सामुदायिक बन उपभोक्ता समुह तेस्रो स्थान प्राप्त गरेको थियो । ती समुहहरुले क्रमश १७ हजार र १३ हजार रुपैया नगद प्राप्त गरेका हुन । सन्दकपुर गाउँपालिका ३ मा रहेको भालुकटेरी सामुदायिक बन उपभोक्ता समुहले सान्तवना भई नगद ८ हजार ५ सय नगद प्राप्त गरेको डिभिजन बन कार्यलय इलामले जनाएको छ । कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको प्रमुख आतिथ्यता र डिभिजन बन कार्यलय इलामका प्रमुख दान बहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यलयले इलामका सुरक्षा निकायहरु नेपाल प्रहरी , नेपाली सेना र सशस्त्र प्रहरी कार्यलयलाई एक एक थान सर्प उद्धार सामाग्री हस्तान्तरण गरेको छ ।


डिभिजन कार्यलय इलामले आर्थिक वर्ष २०७९ ÷८० मा गरेको भौतिक र वित्तिय प्रगति समेत सार्वजानिक गरेको छ । कार्यलयले समग्र कार्यक्रममा न्युनतम ९६ दशमलव १२ प्रतिशत देखि सत प्रतिशत प्रगति हासिल गरेको छ ।