logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • इलाममा ‘स्वेच्छिक निशुल्क कानुनी सेवा ‘ सम्बन्धि प्रदेश स्तरिय अभिमुखिकरण

    इलाममा ‘स्वेच्छिक निशुल्क कानुनी सेवा ‘ सम्बन्धि प्रदेश स्तरिय अभिमुखिकरण


    इलाम :
    कानुन व्यवसायलाई मर्यादित बनाउन राष्ट्र र समुदायमा स्वेच्छिक लगानी आवश्यक रहेको कानुन व्यवसायिहरुले औल्याएका छन् । इलाममा आयोजित स्वेच्छिक निशुल्क कानुनी सेवा ( प्रो वोनो ) सम्बन्धि प्रदेश स्तरिय अभिमुखिकरणमा समुदायमा निशुल्क सेवा दिएर त्यसको अभिलेखिकरण गर्नु आवश्यक रहेको व्यवसायिहरुले बताएका हुुन । नेपाल वार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले विभिन्न कारणले बदनाम बन्दै गएको कानुन व्यवसायलाई मर्यादित बनाउन समुदायमा सेवा पुर्याउन जरुरी भएको बताउनुभयो । उहाँले कानुन व्यवसायिले विना शुल्क पनि सेवा दिइरहेको तर त्यसको मुल्याकन गर्ने पद्धती नभएकाले पनि समस्या रहेको औल्याउनु भयो । इलामको श्री अन्तुमा भइरहेको कार्यक्रम दुइदिन सम्म संचालन हुने जनाइएको छ ।
    अभिमुखिकरणमा बरिष्ठ कानुन व्यवसायिहरु नेपाल वार एसोसिएसनका पुर्व अध्यक्ष प्रेम बहादुर खड्का, महासचिव अनिता खनाल, उपाध्यक्ष सुरज खत्री, पुर्व उपाध्यक्ष इश्वरी प्रसाद भट्टराई, जे वी लुडगेली, तारानाथ पराजुली, सुर्योदय नगरका वडा सदस्य उमेश पोख्रेल समेतका वक्ताले वकालत पेशामा लागेको धव्वालाई समुदायमा रहेर मर्यादित बनाउनु पर्ने बताउनुभयो । नेपाल वार का इलाम इकाई अध्यक्ष उत्तम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा झापा मोरड., सुनसरी, इलाम पाँचथर, ताप्लेजुड.का कानुन व्यवसायिहरुको सहभागिता रहेको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०८० श्रावण २०, शनिबार १०:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP