logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • सूर्योदयको पार्किङ व्यवस्थीत गर्ने सहमति

    सूर्योदयको पार्किङ व्यवस्थीत गर्ने सहमति


    सूर्योदय । सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल बजारको पार्किङ व्यवस्थापनका लागि सूर्योदय नगरपालिकामा सर्वपक्षित छलफल भएको छ । सूर्योदय नगर उप–प्रमुख दुर्गा कुमार बरालको प्रमुख आथित्यतामा फिक्कल बजारमा व्यवस्थित पार्किङ गर्ने÷गराउने व्यवस्थाका बारेमा सर्वपक्षिता छलफल भएको हो ।
    व्यवस्थित रुपमा गाडि पार्किङका लागि नगरपालिकाले नयाँबजार, नामसालिङ, गोर्खे, मंगलबारे जाने आउने सबै सवारीसाधनहरु फिक्कल बजारको गुम्बापथमा रहेको पार्किङस्थलमा पार्किङ गराउने र यात्रु चढाउन र ओराल्न उनीहरुले बजार क्षेत्रमा पाउने निर्णय गरेको छ । नगरपालिका फिक्कल बजारमा लाग्ने बिहिबारे हटिया प्रायोजनका लागि आउने सबै सवारीसाधनहरु गुम्बापथको पार्किङस्थलमा पार्किङ गर्ने निर्णय गरेको छ ।
    सूर्योदय नगरपालिका भ्रमणका लागि आएका पर्यटकहरुले सूर्योदय नगरपालिकाको कार्यालय अगाडिको सडक छेउमा पार्किङ गर्ने व्यवस्था गर्ने निर्णय भएको छ । बजार क्षेत्रभित्र दुईपाग्रे मोटरसाइकहरु राजमार्गको दायाँबायँ मार्किङ्ग गरिएको क्षेत्रमा पार्किङ गराउने व्यवस्था गर्ने निर्णय भएको बैठकले गरेको हो । बजार क्षेत्रको सवारीलाई व्यवस्थित बनाउन फिक्कल बजार भित्र सामान ढुवानी गर्ने सवारीसाधनलाई बिहान ९ बजेसम्म र बेलुका ५ बजेपछि सामान लोड अनलोडको व्यवस्था गर्ने निर्णय भएको हो । यात्रु ओराल्न र चढाउनका लागि झापा स्टेनमा ट्याक्सि २, भेन २, टेम्पो २ वटा पालो मिलाएर व्यवस्था गर्ने, इलाम स्टेनमा सडकको दायाँ र बायाँ २÷२ वटा राख्न पाउने, नगर क्षेत्रभित्र संचालन हुने टेम्पोहरु पनि सोहि अनुसार राख्ने व्यवस्था गर्ने सर्वपक्षिय छलफलमा सहमति भएको छ । नगरपालिकाले पार्किङ सम्बन्धि विभिन्न बोर्डहरु सहरी क्षेत्रका विभिन्न क्षेत्रमा राख्ने निर्णय भएको छ ।
    सर्वपक्षिय छलफलमा बोल्दै सूर्योदय नगरपालिका उप–प्रमुख दुर्गा कुमार बरालले पशुपतिनगर, नयाँबजार, गोर्खे र मंगलबारे बजारबाट आउने सवारीसाधनको पार्किङका लागि फिक्कल पशुपतिनगर रोडको केबुल कार्यालयको छेउमा रहेको जग्गामा व्यवस्था गर्ने बताए । उनले नगर क्षेत्रको सहरी क्षेत्रको विकासका लागि विभिन्न योजनाहरु संचालन गर्ने योजना रहेको बताए ।
    सर्वपक्षिय छलफलमा सुर्योदय नगरपालिका १० अध्यक्ष पेमाउगेन लामा, सूर्योदय नगरपालिका योजना अधिकृत खेमराज राई, लेखा अधिकृत हेम प्रकाश नेम्बाङ, सूर्योदय नगर उद्योग बाणिज्य संघका सचिव सुजन तिम्सिना , फिक्कल ट्राफिक प्रहरी पोष्टका टिका प्रसाद नेपाल, अन्तु सुर्योदय टेम्पो प्राली, व्यवसायी संघका सन्तोस मोक्तान, होटल व्यवसायी संघका सदस्य विकास प्रधान, फिक्कल प्रहरी चौकीका प्रमुख सुवेन्द्र कुमार कर्ण, फिक्कल सुर्योदय जिप एण्ड ट्याक्सि कम्पनी प्रा लिको अध्यक्ष राजकुमार फोटो, दूर्घटना व्यवस्थापन समिति संयोजक उदयहाङ्ग फागो, सल्लाहकार शरण फागोको उपस्थिति रहेको थियो ।



    Avatar निगरानी    
  • २०८० कार्तिक १६, बिहीबार १४:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP