logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालाद्वारा कांग्रेस पाँचथरको भवन शिलान्यास

    कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालाद्वारा  कांग्रेस पाँचथरको भवन शिलान्यास

    फिदिम । नेपाली काँग्रेस बरिष्ठ नेता डा. शेखर कोईरालाले काँग्रेस पाँचथरको भवन शिलान्यास गरेका छन् ।
    काँग्रेस पाँचथरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोईरालाले प्रदेशलाई अधिकार नदिने हो भने संघीयता खारेज गर्नुपर्ने बताएका हुन् । संघीयताको नाममा अहिलेको जस्तै रबैया रहे संघीयता टिक्न नसक्ने कोईरालाको तर्क थियो ।

    “संघीयता ककारेज होस् भन्ने मेरो चााहना हैन्,” उनले भने “तर, यस्तो तरिकाले संघीयता टिक्दैन ।” अहिले नेपाली जनताहरु नेतृृत्वप्रति रुष्ट भएको कोईरालाको ठहर छ ।

    “संबिधानमा उल्लेख भए बमोजिम प्रदेशलाई अधिकार दिनुपर्छ,” कोईरालाले भने “प्रदेशलाई अधिकार नदिने हो भने संघीयता चल्न सक्दैन ।”

    सम्बोधनको क्रममा कोईरालाले पहिचानवादीहरुसँग सरकारले बार्ता गर्नुपर्ने बताए । ” बार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्नुपर्छ,” उनले भने “पहिचानबादीहरुको मागलाई सरकारले गम्भीर रुपमा लिनुपर्छ ।” जायज मागलाई सरकारले सम्बोधन गर्न ढिलाई गर्न नहुने उनको तर्क थियो ।



    Avatar निगरानी    
  • २०८० पुष १३, शुक्रबार ०९:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP