logo
  • २०८२ फाल्गुन २६, मंगलवार | Tue, 10 Mar 2026
  • इसाई समाज इलामको तेस्रो वार्षिकोत्सव , १० जनालाई सम्मान

    इसाई समाज इलामको तेस्रो वार्षिकोत्सव , १० जनालाई सम्मान

    इलाम , १७ चैत : जिल्ला इसाई समाज इलामको तेस्रो वार्षिकोत्सब तथा वृहत सास्कृतिक कार्यक्रम इलाममा सम्पन्न भएको छ । आइतबार इलाममा भएको कार्यक्रमको कोशी प्रदेश सासद गोविन्द गिरीले उद्घाटन गर्नु भएको थियो । समाजले इलामका १० वटै स्थानीय तहमा रहनु भएका १० जना पास्टरहरुलाई सम्मान गरेको लिलाप्रसाद थापाले बताउनु भएको छ । सम्मानित हुनेहरूमा पास्टरहरु दीपनरसिंह राई , (सुर्योदय नगरपालिका ८) , कविरमान राई ( देउमाई नगरपालिका ७), जगत बहादुर राई (इलाम नगरपालिका २) , दिजाङ सिङसित ( माई नगरपालिका २ ) , गम्भीरमान राई ( चुलाचुली गाउँपालिका ५ ) , भक्त बहादुर मगर (फाकफोक थुम गाउँपालिका ४) , अमरबहादुर राई (रोङ गाउँपालिका ४ ), प्रेम बहादुर वाङदेल (माङ्सेबुङ गाउँपालिका २), मेख बहादुर राई ( सन्दकपुर गाउँपालिका १ धन बहादुर विश्वकर्मा ( माईजोगमाई गाउँपालिका ४ ) लाई दोसल्ला , सम्मान पत्रले सम्मान गरिएको छ । सम्मानितलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सासद गोविन्द गिरीले प्रदान गर्नु भएको थियो ।

    कार्यक्रममा इलाम नगरपालिका ६ का वडा अध्यक्ष दुर्गा श्रेष्ठ (मदन ), इलाम नगरपालिका ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ , इलाम नगरपालिका ८ का वडा अध्यक्ष दलमान तामाङ , इलाम नगरपालिकाका नगर प्रबक्ता वाड न ४ का वडा अध्यक्ष नुतनदेव दुलाल , नेकपा माओवादी केन्द्र इलाम नगरपालिका इन्चार्ज प्रभास शर्मा , नेकपा एमाले इलामका सचिव रवीन्द्र सुवेदी , नेपाली काङ्ग्रेस इलामका सदस्य प्रकाश भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । धार्मिक मुल्य मान्यतालाई साथ लिएर समाजलाई सकारात्मक , अनुशासित र मर्यादित बनाउन कुनैपनि धर्मले सहयोग गर्ने धारणा राखेका थिए । कार्यक्रम जिल्ला इसाई समाज इलामका अध्यक्ष टेकबहादुर राईको अध्यक्षतामा भएको थियोे ।

    ‘धार्मिकताले रास्ट्रलाई उचाल्छ’ शिर्षकमा वक्तित्वकला प्रतियोगिता संचालन गरिएको छ भने बृहत सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ । समाजले भित्ते पात्रो प्रकाशन गरेको छ भने अक्षय कोषको लागि कपडा बिक्रि स्टल समेत राखेको छ ।



    निगरानी    
  • २०८१ चैत्र १७, आईतवार १६:५६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP