logo
  • २०८२ असार २५ | Wed, 09 Jul 2025
  • थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण , कुल संक्रमित २६ सय ३४

    थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण , कुल संक्रमित २६ सय ३४

    नेपालमा बिहीबार थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ३१९ जना पुरुष र १५ जना महिलामा संक्रमण देखिएको हो। 

    आज थपिएका ३३४ सहित नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

    नेपालमा हालसम्म २९० जना उपचारपछि निको भएका छन्। हालसम्म देशको ६५ जिल्लामा संक्रमण देखिएको छ।



    निगरानी डेक्स    
  • २०७७ जेष्ठ २२, बिहीबार १२:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP