सदस्यता शुद्धीकरण टुंगोमा पुर्याएर मात्रै अधिवेशन गर्न प्रेस युनियन इलामको ध्यानाकर्षण

सदस्यता शुद्धीकरण टुंगोमा पुर्याएर मात्रै अधिवेशन गर्न  प्रेस युनियन इलामको ध्यानाकर्षण

इलाम : नेपाल पत्रकार महासंघको  सदस्यता शुद्धिकरणको विषय टुंगो नलागेको भन्दै सो टुङ्याएर  मात्र जिल्ला अधिवेशन गर्न माग गर्दै नेपाल प्रेस युनियन इलाम  शाखाले महासंघको  ध्यानाकर्षण गराएको छ । नेपाल प्रेस युनियनले बिहीबार नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष विप्लव भट्टराई ( युवराज ) लाई अधिवेशन स्थगित गर्न ध्यानाकर्षण पत्र बुझाएको युनियनका  सचिव प्रकाश नेपालले बताए ।
महासंघ इलाम शाखाले आगामी चैत ३० गते अधिवेशनको मिति घोषणा गरिसकेको छ । युनियनले सदस्यता  शुद्धीकरण अभियानमा साथ दिएको भन्दै  सदस्यताको अन्तिम टुंगो नलगाई अधिवेशन गर्नु उचित नहुने युनियन अध्यक्ष सविता पाण्डेले बताइन ।
युनियनको केन्द्रिय समितिको गत चैत १७ गते इटहरीमा भएको बैठकले  सदस्यता शुद्धिकरण र  सदस्यता टुंगो नलगाई अधिवेशन नगर्न र अधिवेशन मिति घोषणा भएको शाखामा स्थगित गर्न ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको जनाइएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रले  सदस्यता शुद्धीकरण र सदस्यताको  टुंगो नलगाई जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशनको लागि आव्हान   गरेको  थियोे ।