नेपाल पत्रकार महासंघ इलाम शाखाद्वारा प्रकाशित  पुस्तक ‘इलाम’ को विमोचन

नेपाल पत्रकार महासंघ इलाम शाखाद्वारा प्रकाशित  पुस्तक ‘इलाम’ को विमोचन



इलाम , भाद्र ११ :
नेपाल पत्रकार महासंघ इलाम शाखाद्वारा प्रकाशित  पुस्तक ‘इलाम’ को मंगलबार इलाममा विमोचन गरिएको छ । एक समारोहका बीच कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर रानाले पुस्तक विमोचन गर्नु भएको हो ।
इलामको पत्रकारिता , पर्यटन , कृषि ,खेलकुद , समाज  कला साहित्य ,  जिल्लाको सबै स्थानीय तहको बारेमा जानकारी समेटिएको  पुस्तक तयार पारेको छ । तिन खण्डमा विभाजन गरिएको पुस्तकमा   ४६ जनाको लेख प्रकाशन गरिएको छ भने  इलामका १० वटा  स्थानीय तहको बारेमा समेटिएको छ । ‘इलाम’ पुस्तक इलाम बुझ्न चाहानेको लागि शैक्षिक ग्रन्थको रुपमा रहेको पुस्तकका  समिक्षक प्रकाश थाम्सुहाङ्ले बताउनु भयो ।


पुस्तकमा इलामे पत्रकारीताको इतिहास समेट्ने प्रयास गरिएको  महासंघका अध्यक्ष बिप्लव भट्टराईले भन्नुभयो । पुस्तक पत्रकारिताको अनुसन्धान गर्नेहरुका लागि उपयोगी हुने भट्टराईले बताउनु भयो । 
इलामको पत्रकारितामा महत्त्वपूर्ण दस्तावेजको रुपमा पुस्तक प्रकाशन भएको कार्यक्रममा सहभागीले बताएका छ्न । नेपाल पत्रकार महासंघ इलाम शाखाले  पहिलो पटक  पुस्तक प्रकाशन गरेको जनाएको छ  । कार्यक्रममा  ‘ सञ्चार क्षेत्रको विकासमा प्रदेश सरकारको भुमिका  विषयक अन्तरकृया भएको छ । उक्त विषयमा नेपाल पत्रकार महासङ कोशी प्रदेश समिति सदस्य तोयानाथ भट्टराईले छलफल पत्र प्रस्तुत गर्नु भएको थियो । महासंघले पुस्तक विमोचन कार्यक्रमकै अवसरमा   शाखाको  वेबसाईट उद्घाटन गरिएको छ ।