logo
  • २०८३ बैशाख ८, मंगलवार | Tue, 21 Apr 2026
  • नेपाली सेना पहिलो पटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने

    • निगरानी
    • २०७६ आश्विन १५, बुधबार ०९:३१ गते
    नेपाली सेना पहिलो पटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने

    काठमाडौं/ नेपाली सेना पहिलो पटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ । नेपाली सेनाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको यूहान प्रान्तमा आगामी कात्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक सहगागी हुन लागिएको औंपचारिक जानकारी गराएको हो ।

    अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदको आयोजनामा यो वर्ष सो खेलुकद प्रतियोगिता चीनको यूहान प्रान्तमा आयोजना हुँदैछ । सो प्रतियोगितामा नेपाली सेनाले पनि पहिलोपटक भाग लिन लागेको महासेनानी शशीकिरण रायमाझीले जानकारी दिए । खेलकुदको माध्यामबाट विश्वमा शान्ति स्थापना गर्ने मूख्य उद्देश्यका साथ अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदले यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

    यो खेलकुद प्रतियोगितामा २५ वटा खेल र दुईवटा प्रदर्शन खेल गरी २७ वटा खेलहरु प्रदर्शन हुनेछन् । जसमा १०५ राष्ट्रका १० हजार ७१९ जना खेलाडीहरु सहभागी हुने पनि महासेनानी रायमाझीले बताए । प्रतियोगितामा नेपाली सेनाले आर्चरी, ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच बलिवल, मोर्डन पन्टाथलन, ट्रयाक एण्ड फिल्डलगायतका १३ वटा खेलकुद प्रतियोगितामा भाग लिनेछ । प्रतियोगिताको उद्घाटन सर्तमा विशेष अतिथिको रुपमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी हुनुहुने नेपाली सेनाले जनाएको छ ।



    निगरानी    
  • २०७६ आश्विन १५, बुधबार ०९:३१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP