राष्ट्रिय आई. पि. भि. खोप अभियान सम्बन्धी स्वास्थ्य कार्यलय इलामको सुचना
पोलियो रोगबाट हुने पक्षघात र लुलोलङगडोबाट बचाउन नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय आई. पि. भि. खोप अभियान अन्तर्गत इलाम जिल्लामा यहि मिति २०८१ जेष्ठ १४ गते देखि २१ गते सम्म २०७३ वैशाख देखि २०७५ आश्विन सम्म (५.५ वर्ष देखि ८ वर्षसम्म ) जन्मिएका बालबालिकाहरुलाई आई. पि. भि. खोप प्रदान गरिने भएकोले आ आफ्नो बालवालिकाहरुलाई खोप केन्द्रामा अनिवार्य उपस्थित गराई पोलियो रोगबाट हुने पक्षघात र लुलोलङगडो बाट बचाउन आई. पि. भि.खोप लगाउनु हुन हार्दिक अनुरोध छ । खोप केन्द्र संचालन हुने मिति , स्थान र अन्य थप जानकारीको लागि महिला स्वास्थ्य स्वयमसेविका र नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला , नर्विर्सिनु होला है आई. पि. भि. खोप अभियान संचालन यहि मिति २०८१ जेष्ठ १४ गते देखि २१ गते सम्म इलाम जिल्लाका सबै स्थानीय तहमा संचालन हुदैछ । खोप सुरक्षित छ र यसले बालबालिकाहरुको जीवन रक्षा गर्दछ । पुर्ण खोप , सुरक्षित भविष्य ।
जिल्ला स्वास्थ्य कार्यलय इलाम
प्रतिक्रिया