logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • जीवन सुखमय बनाउन चाहनुहुन्छ ? मोटी युवतीसँग विवाह गर्नुहोस्

    जीवन सुखमय बनाउन चाहनुहुन्छ ? मोटी युवतीसँग विवाह गर्नुहोस्

    अध्ययन अनुसार मोटी युवती रोज्ने पुरुषहरुको जीवनमा खुसी छाउने देखिएको छ । नेशनल अटोनामस युनिभर्सिटी अफ मेक्सिकोमा भएको सोध अनुसार, मोटी महिला तथा युवतीहरुको जीवनसाथी दुब्ली तथा पातली महिलाहरुको जीवनसाथीको तुलनामा १० गुना बढी खुसी रहन्छन् ।

    अध्ययनमा भनिएअनुसार, मोटी युवतीहरु आफ्नो जीवनसाथीलाई जिममा जान तथा सँधै फिट रहन भन्दै किचकिच गर्दैनन् । अनि उनीहरु आफू पनि तौल कम गर्ने भनेर कोसिस गर्दैनन् । दुवै जना सँग सँगै खानेकुरा खान मन पराउँछन् ।

    तर, पुरुषहरुको रोजाइमा भने अग्लो तर पातलो युवती नै पर्ने गर्छन् । केही समय अधि मात्र गरिएको सोधअनुसार, मोटी महिलाहरुसँग बिबाह गरेका वा पे्रम सम्बन्धमा रहेका पूरुष धेरै खुसी रहन्छन् ।

    अध्ययन अनुसार, मोटी महिलाहरुसँग प्रेममा परेका पूरुष धेरै मुस्कुराउँछन् र जीवनको लागि उनको व्यवहार धेरै सकारात्मक रहन्छ । उनीहरु धेरै खुसी हुन्छन् । यति मात्र होइन, सेन्स अफ ह्युमर पनि एकदमै राम्रो हुन्छ ।



    निगरानी    
  • २०७६ कार्तिक ९, शनिबार ०९:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP