logo
  • २०८२ असार २५ | Wed, 09 Jul 2025
  • महिलाहरुको लागि नेतृत्व विकास तथा संचारसीप तालिम इलाममा सुरु

    महिलाहरुको लागि नेतृत्व विकास तथा संचारसीप  तालिम इलाममा सुरु

    इलाम , २२ जेठ : नेतृत्व विकास तथा संचारसीप सम्बन्धी तालिम आइतबारदेखि  इलाममा सुरु भएको छ । महिलाहरुको क्षमता विकास गर्ने उदेश्यले चेतनशील महिला समुह इलामले आयोजना गरेको हो ।  टेवाको काठमाडौको आर्थिक सहयोग र सहयात्रा नेपालको समन्वयमा इलाम नगरपालिका ७ मा तालिम संचालन भइरहेको छ ।  चेतनशील महिला समुह इलामको अध्यक्ष यमुना देवानको अध्यक्षता र इलाम नगरपालिका ७ को वडा अध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम भएको थियो । कार्यक्रममा सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी ( गङा)  शिवा  , आदर्श टोल विकास संस्थाका अध्यक्ष बालकुमारी देवान , नव जागृती महिला समुहको कोषाध्यक्ष लगायतले शुभकामना मन्त्व्य राखेका थिए । तालिममा मिलन गुरुङ र सविता पाण्डेले सहजीकरण गरीरहेका छ्न । तालिममा २५ जनाको सहभागिता रहेको छ । चेतनशील महिला समुह इलाम नगरपालिका ७ मा रहेको छ । एक बर्ष अघि देखी संचालनमा आएको यो समुहले टोल सरसफाइ , स्रोत संरक्षण र सामुहिक पुष्प खेती गर्दै आईरहेको छ ।




    निगरानी    
  • २०८२ असार २२, आईतवार १२:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP