logo
  • २०८३ बैशाख ६, आईतवार | Sun, 19 Apr 2026
  • उर्लाबारी नगरपालिकामा मेयर र उपमेयरबीचको विवाद सेवाग्राही मर्कामा

    • निगरानी
    • २०७६ कार्तिक ४, सोमबार ११:४१ गते
    उर्लाबारी नगरपालिकामा मेयर र उपमेयरबीचको विवाद सेवाग्राही मर्कामा

    मोरङ– मोरङको उर्लाबारी नगरपालिकामा मेयर र उपमेयरबीचको विवादले सेवाग्राही मर्कामा परेका छन् ।नगरसभाबाट पारित नीति तथा कार्यक्रम उपमेयरसहित नेकपानिकट १३ जना वडा अध्यक्षले कार्यपालिकाबाट स्वीकृत नभइ आएको खर्ब सभाबाट पास हुन नदिने अडान राखेपछि विवाद शुरु भएको थियो ।

    १३ जनाले अस्वीकृत गरेपनि मेयर खड्ग फागोलले नगरसभाबाट पास गराउन खोजेपछि उपमेयरसहितका वडा अध्यक्षले विरोध गरेका छन् ।
    अल्पमतबाट पास गराएर मेयरले स्थानीय सरकार सञ्चालन ऐन विपरित कार्य गरेको भन्दै उपमेयर लक्ष्मी भण्डारी अदालत पुगेकी थिइन् ।

    उच्च अदालत विराटनगरले २८ गतेको बोर्ड बैठक र २९ गतेको नगरसभाबाट भएका निर्णय कार्यान्वयन नगर्न, नगराउन आदेश दियो । तर अहिले भने नगरपालिकाका अधिकांश काम रोकिएको छ ।मेयर फागो कांग्रेसबाट र उपमेयर भण्डारी नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधि हुन् ।



    निगरानी    
  • २०७६ कार्तिक ४, सोमबार ११:४१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP