इलाम , १९ चैत : महिला समुहहरुको लागि संस्थागत विकासको अन्तर्गत प्रशासनिक तथा आर्थिक ब्यवस्थापन सम्बन्धि ४ दिवसीय तालीम इलाममा मंगलबार देखि सुरु भएको छ । इलाम जिल्लाको विभिन्न स्थानमा रहेका महिला समुहलाई अघि बढाउन समुहका पदाधिकारी तथा सदस्यहरुलाई सहभागी गराई सस्थागत दिगो विकासको लागि तालिम आयोजना गरिएको आयोजक सहयात्रा नेपाल संस्थाकी अध्यक्ष हेम कुमारी ( गङा ) शिवाले बताउनु भएको छ । सहयात्रा नेपाल इलामको आयोजना र टेवाको आर्थिक सहयोगमा संचालन गरिएको तालिममा संस्थागत विकास , संस्थागत सुशासन , कर तथा लेखा प्रणाली , सकारात्मक सोच र समय ब्यवस्थापन जस्ता विषय बारे प्रशिक्षण गरिने जनाइएको छ ।
इलामा जिल्लाकातालिममा इलाम नगरपालिका , देउमाई नगरपालिका , सुर्योदय नगरपालिका , माईजोगमाई गाउँपालिका , सन्दकपुर गाउँपालिकामा रहेका ९ वटा महिला समुह , संस्था , सहकारी सस्था र सामुदायिक वनका ४० जना सहभागी छन ।
समुहहरु स्थानीय तहमा दर्ता गरी अर्गानिक कृषि , मुहान संरक्षण , सिमसार संरक्षण , वन व्यवस्थापन , वातावरण संरक्षण जस्ता क्षेत्रमा काम गरी रहेको जनाईएको छ । तालीममा मिलन गुरुङ , राम रिमाल , सोनाम वरफोङ , यादव राउतले सहजीकरण गरीरहनु भएको छ ।
प्रतिक्रिया