पौष २३ इलाम
इलाममा विहिबार विहान मोटरसाइल दुर्घटनामा परी इलामका पत्रकार टीका खतिवडा गम्भीर घाइते भएका छन् । मे ९ प ७१३ नम्बरको आफ्नै मोटरसाइकल अनियन्त्रित भई खतिवडा घाइते भएका हुन् ।
इलाम नगरपालिका ६ पीपलवोटेमा दुर्घटनामा परेको परिवारले जनाएको छ ।
उनलाई उपचारका लागि झापाको बी एण्ड सी अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा परेर खतिवडाको कम्भरको माथिल्लो भागको भित्री अङ्ग फियोमा गम्भीर समस्या देखिएको छ ।
अस्पतालले उपचारका लागि शल्यक्रिया गर्नुपर्ने बताएको छ । प्रेस युनियन इलामका सचिव खतिवडा राष्ट्रिय समाचार समिति, माउन्टेन टेलिभिजन, कारोबार दैनिकलगायत सन्चारमाध्यममा कार्यरत छन् ।
प्रतिक्रिया