logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • इलाम नगरपालिका वडा ७ को ‘ वडा स्मारिका २०७९ ‘ विमोचन

    इलाम नगरपालिका वडा ७ को ‘ वडा स्मारिका २०७९ ‘  विमोचन

    इलाम : इलाम नगरपालिका वडा नम्बर ७ ले स्मारिका प्रकाशन गरेको छ । वडाको समग्र अवस्था र जानकारी समेटीएको स्मारिका आइतवार एक कार्यक्रमका बीच इलाम नगरपालिकाकी उपप्रमुख बिष्णु दाहाल लिम्बूले बिमोचन गर्नुभयो ।
    स्मारिकामा इलाम नगरपालिका वडा नम्बर ७ को चिनारी, संस्थागत बिकास, नगरपालिका र वडाको जनसंख्या , वडाको भू उपयोग, पूर्वाधार एवं पर्यटन बिकास र उपलब्धि, कृषि तथा पशुपालन क्षेत्रको बिकास र उपलब्धि, शिक्षा क्षेत्रको बिकास र उपलब्धि, साहित्य, संस्कृति र कला, स्वास्थ्य क्षेत्रको बिकास र उपलब्धि, कोरोना रोकथाम तथा नियन्त्रणमा वडाको पहल, खानेपानी वाताबरण, सरसफाई तथा बिपद ब्यबस्थापन, सुचना र सञ्चार, धार्मिक सांस्कृतिक क्षेत्रमा भएका बिकास र उपलब्धि, सामाजिक क्षेत्रको बिकास र उपलब्धि जस्ता बिषयहरु समेटीएको छ । वडा न्यायिक समिति र मुद्धाको तथ्याङ्क, वडा बिकासका संभावित भावि योजना, राजश्व संकलनमा वडाको योगदान, वडा मार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरु र इलाम बजार क्षेत्रको ऐतिहासिक तस्बिरहरु स्मारीकामा समेटीएको छ । अघिल्लो आर्थिक बर्षमा नै स्मारीका प्रकाशन गर्ने तयारी गरेको वडा कार्यालयले कोरोना महामारी र निर्वाचनको कारण प्रकासन गर्न सकेको थिएन छ ।

    वडाध्यक्ष नरेश श्रेष्ठले वडाको स्मारिका प्रकाशन सँगै अब प्रबिधिमैत्री वडा बनाउन लागीरहेको बताउनु भयो । वडामा मोबाइल एप्सलाई प्रयोगमा ल्याउने तयारी गरीरहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

    स्मारिका प्रकाशनका लागि युद्धप्रसाद बैद्यको संयोजकत्वमा ११ सदस्यिय समिति रहेको थियो ।सदस्यहरुमा कोमल निरौला, देवीप्रसाद गौतम, राजेन्द्रप्रसाद बराल, हिराकाजी घले, बिकास कर्मचार्य, कमल श्रेष्ठ, शारदा उप्रेती, हरिनन्दन निरौला, रोशन बुढाथोकी र सदस्य सचिबमा बबुल भक्तराज रहनु भएको थियो ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ श्रावण १६, सोमबार १६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP