नेपाली कांग्रेस ‘ विशेष आन्तरिक अभियान ‘ इलाममा सम्पन्न , पाटी एक ढिका भएर अघि बढने

नेपाली कांग्रेस ‘ विशेष आन्तरिक अभियान ‘ इलाममा सम्पन्न , पाटी एक ढिका भएर अघि बढने

इलाम : नेपाली कांग्रेसको ‘ विशेष आन्तरिक अभियान २०८०’ अन्तर्गतको अभियान इलाम जिल्लामा मंगलबार एक कार्यक्रम बिच सप्पन्न भएको छ।अभियान अन्तर्गत जिल्लाभरी नै बिविध कार्यक्रम भएको नेपाली कांग्रेस इलामका कार्यालय सचिव शिवकुमार थापाले जानकारी दिनुभएको छ । प्रतिकुल मौसमका बाबजुद पनि टोल, वडा, प्रदेश, क्षेत्र र जिल्ला स्तरीय कार्यक्रमले कार्यकर्तामाझ उत्साह थापाले बताउनुभयो ।

समापन कार्यक्रमलाई सम्वोधन गर्दै कायक्रमकी प्रमुख अतिथी तथा अभियानको लागि इलाममा  केन्द्रीय प्रतिनिधिको रुपमा खटिएर आउनु भएकी  डा. डिला संग्रौलाले हरेक जिल्ला जिल्लामा पुगेर पार्टी नेता तथा कार्यकर्ताबाट आएका सुझावलाई केन्द्रिय समितिमा छलफल गर्ने बताउनु भएको छ ।

उहाँले  कार्यकर्ता माझमा पुगेर लिएका गुनासा, चुनौती र अबको योजना बारे सम्वन्धित ठाउँमा समेत छलफल भएकोे भन्दै पार्टी थप संस्थागत र मजबुत बन्ने विश्वास ब्यक्त गर्नु भयो । सुझावहरु जस्ताको त्यस्तै रुपमा केन्द्रमा पुर्याउने संग्रौलको भनाई छ ।पार्टी भित्र रहेका केहि मतभेदहरु, केही गुनासा र आवश्यकता बारे स्थानीय रुपमै छलफल भएको उहाँले बताउनु भयो ।  

अभियानबाट प्राप्त सुझावहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाने नेपाली कांग्रेस जिल्ला सभापति डम्बर खड्काले बताउनु भयो । कार्यक्रम पुर्णरुपमा सफल भएको र जिल्लामा अब पार्टी एक ढिक्का भएर अगाडी बढने   समेत सभापति खड्काको बिश्वास व्यक्त गर्नु भएको छ ।

समापन कार्यक्रममा पार्टीका महासमिति सदस्य, महादिवेशन प्रतिनिधि, जिल्ला स्थित नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो