रोङमा एमालेको ग्रासरुट कार्यक्रम

रोङमा एमालेको ग्रासरुट कार्यक्रम


गणेश अर्याल इलाम :नेकपा एमालेका केन्द्रीय सदस्य गीता अधिकारीले जननेता स्वर्गीय मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनबादको १४ वटा बिशेषताहरु पार्टी र पार्टीका कार्यकर्ता स्तर सम्म पु¥याइने बताउनु भएको छ । नेकपा एमालेको ग्रास रुट कार्यक्रमलाई इलामको रोङ गाउपालिकामा सम्बोधन गर्दै केन्द्रीय सदस्य अधिकारीले समृध्द नेपाल र सुखी नेपालीको राट्रिय आकाक्षा पुरा गर्न ग्रासरुट कार्यक्रम आयोजना गरिएको र यो अभियानले नेकपा एमालेको संगठन बिस्तारमा उर्जा थपिएको बताउनु भयो । एमाले रोङले आयोजना गरेको सुखानी सहिद स्मृति दिवस तथा मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्ने अन्य बक्ताहरुले पनि बर्तमान चुनौति र एमालेको भूमिकाको बारेमा आ आफनो धारणा राखेका थिए । यसरी धारणा राख्ने हरुमा दिपककुमार थेबे, हेमराज आचार्य, युवराज खाप्तुवा राई, बिष्णुमाया खवास, सत्यम राई चौरासे ध्रुव श्रेष्ठ लगायत रहेका थिए । कार्यक्रममा रोङ गाउपलिकामा एमाले बाट बिजयी जनप्रतिनिधिहरु, एमालेका जिल्ला कमिटिमा रोङबाट प्रतिनिधीत्व गर्ने सदस्यहरु, पूर्व जनप्रतिनिधिहरु पाटीका कार्यकर्ताहरु र एमालेका शुभचिन्तकहरुको सहभागिता रहेको एमाले रोङका सचिब उपेन्द्र न्यौपानेले जानकारी दिनु भएको छ ।  कार्यक्रम अन्तरगत रोङका ६ वटै वडामा बिभिन्न मितिमा वडा स्तरीय अभियानको कार्यक्रम गरिने तालिका तयार भएको एमाले रोङले जनाएको छ । एमाले रोङका सचिब उपेन्द्र न्यौपानेका अनुसार वडा नम्बर १ बाट वडा नम्बर ६ सम्म नै कार्यक्रम गरिने छ ।