logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

    जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

    इलाम : जाडो याम सुरु भए संगै ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । इलाम नगपालिका वडा ९ का ७१ वर्ष माथिका १०० जना भन्दा बढी ज्येष्ठ नागरिकलाई शुक्रबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरेको हो । सोही कार्यक्रममा जेष्ठ नगारीक हरुको स्वास्थ परिक्षण समेत गरिएको छ ।जिउँदो इतिहासका रुपमा रहेका जेष्ठ नागरिकलाई चिसोमा न्यानो कपडा लगाई चिसो बाट जोगिन र स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले सम्मान गरेको वडाध्यक्ष गोपाल चौहानले जानकारी दिनुभयो ।
    न्यानो कपडा पाएसँगै जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन् ।



    निगरानी    
  • २०८० मंसिर ९, शनिबार १७:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP