इलाम :इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको लागि पहल थालिएको छ । प्रतिष्ठान स्थापना गर्नको लागि पहल गर्न इलाम नगरपालिकाका मेयर केदार थापा सहितको टोलीले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)सँग पहिलो चरणको भेटवार्ता सम्पन्न गरेको छ । भेटमा प्रधानमन्त्रिले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने कुरालाई सकारात्मक रुपमा लिनु भएको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुु भएको छ ।
भेटघाट टोलीमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल , नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन शर्मा (रमण), प्रस्तावित इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानका सल्लाहकारहरु कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजेन्द्र राज वाग्ले , अधिवक्ता समिप घिमिरे, शैक्षिक तथा बिभिन्न पेशागत क्षेत्रमा कार्यरत इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानका समितिका पदाधिकारीहरु तथा सदस्यहरु मनिष गौतम, ललित ढुंगाना, माधव चम्लागाई, बिमला सुब्बा घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको र तत्कालै आवश्यक प्रक्रिया अगाडि बढाउने वचन दिएको एकीकृत समाजवादीका सम्मानित नेता खनालका सहयोगी कृष्ण भट्टराईले जानकारी दिनु भयो ।
इलाममा प्रतिष्ठान स्थापनाको लागि पूर्वप्रधानमन्त्री शेर बहादुर देउबा, पूर्व स्वास्थ्य मन्त्री कुल बहादुर गुरुङ, इलामका सासंद तथा संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्बाङ लगायत इलामेली नेताहरुको साथ र सहयोग रहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनु भयो ।
प्रतिक्रिया