logo
  • २०८१ कार्तिक २७ | Tue, 12 Nov 2024
  • ‘नवराज शंकर स्मृति युवा प्रतिभा सम्मान–२०८०’ द्धारा कार्यकारी सम्पादक पाण्डे सम्मानित

    ‘नवराज शंकर स्मृति युवा प्रतिभा सम्मान–२०८०’ द्धारा कार्यकारी सम्पादक पाण्डे सम्मानित


    इलाम :
    ‘नवराज शंकर स्मृति युवा प्रतिभा सम्मान–२०८०’ द्धारा निगरानी डटकमका कार्यकारी सम्पादक सविता पाण्डे सम्मानित हुनु भएको छ । इलामका दलित अधिकारकर्मी तथा राजनितिककर्मी नवराज शंकरको स्मृतिमा स्थापना भएको नवराज शंकर प्रतिष्ठानले शनिबार एक कार्यक्रमका बीच पाण्डेलाई सम्मान पत्र , दोसल्ला र नगर पाँचहजार सहित सम्मान गरेको छ । २०६४ सालदेखि पत्रकारीतामा सकृय पाण्डेले युवा महिला , दलित समुदाय , पछाडि परेका समुदायको मुद्धाहरु उठान गरी प्रेरणदायी युवाको रुपामा युवाहरुलाई प्रेरित गर्र्दै युवा लगायत समग्र सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै प्रतिष्ठान ले सम्मान गरेको प्रतिष्ठानका कोषाध्यष सुरेश पोर्तेलले जानकारी दिनु भयो । स्वर्गीय शंकरको सामाजिक कार्यलाई निरन्तरता दिन प्रतिष्ठान मार्फत प्रयास गरीरहेको उहाँले बताउनु भयो ।

    शंकरको ३६ औ जन्मजयन्तीको अवसरमा इलाम सदरमुकाममा प्रतिष्ठानकी अध्यक्ष बिजु लकान्द्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राईले सम्मान पत्र प्रदान गर्नु भएको थियो । रेडियो नेपालबाणी एफ एम बाट २०६४ सालमा पत्रकारीता सुरु गर्नु भएका पाण्डे २०७२ सालदेखि रेडियो नेपाल इलाम सम्वादाताको रुपममा काम गरिरहनु भएको छ । पाण्डेले इलाम एक्पे्रस दैनिक , हसना म्यागेजिन र मकालु टेलिभिजनमा समेत काम गरी सक्नु भएको छ । पाण्डे नेपाल प्रेस युनियन इलाम शाखा अध्यक्ष हुनुहुन्छ । उहाँ नै युनियन इलामको पहिलो महिला अध्यक्ष समेत हुनुहुन्छ । क्रियाशील महिला पत्रकार डब्लुडब्लुजे इलामको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
    प्रतिष्ठानका सल्लाहकार देवेन्द्र विश्वकर्माले स्वार्गीय शंकरको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा इलाम नगरपालिका ५ का वडाअध्यक्ष काजी बहादुर श्रेष्ठ , इलाम नगरपालिका वाड ७ का वडाअध्यक्ष नरेश श्रेष्ठ , नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष विप्लप भट्टराई लगायतले शंकरको योगदान अतुलनीय रहेको र उनको निधनले अपुरणीय क्षति भएको बताएका थिए ।

    प्रतिष्ठानले इलाम नगरपालिका वडा नं. ५ मा रहेको नौमती बाजा बजाउने कलाकार समुहलाईे नौमती बाजा सेट हस्तान्तरण गरेको छ । नौमती बाजा लोभ हुर्दै गएको अवस्थामा संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले प्रतिष्ठानले प्रदेश सरकारको सहयोगमा बाजा उपलब्ध गराएको जनाइएको छ ।
    शंकरको २०७८ सालमा कोरोना संक्रमणको कारण ३४ वर्षको अल्पआयुमा निधन भएको थियो । विद्यार्थी जीवनदेखि सकृय शंकर राजनिती , सामाजिक र जातिय विभेद विरुद्धको अभियानमा सकृय युवा नेताको रुपमा इलामेलीहरु माझ लोकप्रिय नेताको रुपमा परिचित थिए ।



    Avatar निगरानी संवाददाता    
  • २०८० भाद्र १७, आईतवार १२:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP