logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • टी-२० सिरिजः आज नेपालले घरेलु टोली ओमानसँग खेल्दै

    टी-२० सिरिजः आज नेपालले घरेलु टोली ओमानसँग खेल्दै

    काठमाडौं।ओमानमा जारी पाँच देशको सहभागिता रहेको टी २० सिरिजको अन्तिम खेलमा आज नेपालले घरेलु टोली ओमानको सामना गर्ने भएको छ ।

    ओमानको एकेमडेमी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार ३ः१५ बजेबाट शुरु हुनेछ । जारी प्रतियोगितामा सबैभन्दा बलियो टिमका रुपमा देखिएको ओमानविरुद्ध नेपालले जित हासिल गर्नु त्यति सहज छैन । तर पनि नेपाल ओमानविरुद्ध जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ ।

    ओमानले अहिलेसम्म तीन खेलमा तीनैमा जित निकालेको छ । ओमानले घरेलु मैदानमा नेदरल्याण्ड, हङकङका साथै टेष्ट मान्यता टिम आयरल्याण्डविरुद्ध जित हासिल गरेको हो ।

    नेपालले खेलेका तीन खेलमा दुईमा जित र एक हार ब्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल आयरल्याण्डविरुद्ध १३ रनले पराजित भएको हो ।



    निगरानी    
  • २०७६ आश्विन २३, बिहीबार ०१:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP