logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • इलाम गोल्डकप : उपाधी एनआरटीको पोल्टामा

    इलाम गोल्डकप : उपाधी   एनआरटीको पोल्टामा


    सविता पाण्डे , इलाम मङ्सिर २९ : डिफेन्डिङ च्याम्पियन न्युरोड टीम एनआरटीले दोस्रो इलाम गोल्डकपको उपाधि उचालेको छ । शनिबार इलामको ठुलो टुडिखेलमा सम्पन्न फाइनल खेलमा चर्च व्वाइजलाई ३- ० ले पराजित गर्दै नगद १० लाख सहित ट्रफी प्राप्त गरेको छ । एनआरटीको जीतमा विदेशी खेलाडी नेमारले खेलको २४ औ मिनेटमा गोल गर्दै अग्रता दिएका थिए । एनआरटीका अन्जान विष्टले ५२ औ मिनेटमा पेनाल्टी मार्फत र ६४ औ मिनेटमा हेड मार्फत गोल गर्दै जित निश्चित गरे । उपबिजेता चर्च व्वाइजले नगद ५ लाखमा चित्त बुझाएको छ ।


    खेलको ‘म्यान अफ द म्याच ‘ एनआरटीका शिशिर लेखी बने । उनले नगद ८ हजार एक सय प्राप्त बने । प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडी अन्जान बिष्ट बने उनले नगद ३५ हजार प्राप्त गरे ।

    बिधागत तर्फ बेस्ट किपर एनआरटीका विशाल सुनुवार , बेस्ट डिफेन्डर एनआरटीका आशिस गुरुङ , बेस्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की , उदयमान खेलाडी रेडहर्षका अर्जुन गुरुङ , सर्बाधिक गोल कर्ता अन्जान बिष्ट र उत्कृष्ट प्रशिक्षक एनआरटीका जीवन सिकपाल बने । बिधागत तर्फ नगद ११ हजार ५ सय नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ८ टीमको सहभागिता थियो ।



    निगरानी संवाददाता    
  • २०८१ मंसिर २९, शनिबार १७:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP