माई महमाई खुल्ला नकाउट महिला तथा पुरुष गोल्डकपको उपाधि आयोजक ए र जुनतारा झापाले जितेको छ । माई नगरपालिका–७ कप्परसुका खेलमैदानमा सम्पन्न फाइनलमा पुरुष तर्फ आयोजकले हजार सुरक्षित ग¥यो । आयोजकको जीतमा नबिन बोहराले पहिलो हाफको २५ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उपविजेता याक्थुहाङले १५ हजार प्राप्त गर्न सफल रहयो । महिला तर्फको खेलमा आयोजक ए लाई सडनडेथमा हराउँदै जुनतारा झापाले उपाधि जित्यो । निर्धारित समयको खेलमा बराबरी भएपनि निर्णयका लागि रोजिएको टाइब्रेकरबाट समेत उपाधि छिनोफानो नभएपछि सडनडेथमा जुनतारा ७–६ ले बिजयी बन्यो । जुनताराले उपाधिसंगै नगद १५ हजार प्राप्त गर्न सफल रहयो । उपविजेता आयोजकले ट्रफीसंगै ७ हजार प्राप्त ग¥यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुष तर्फ आयोजकका बादल तामाङ र महिला तर्फ ममता राउत घोषित भइन् । उनीहरुले ट्रफीसंगै जनही ३ हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता पुरुष तर्फ ८ गोल गर्दै याक्थुहाङका श्याम मुर्मु र महिला तर्फ ४ गोल गर्दै आयोजककी लिला लिम्बु घोषित भइन् । उनीहरुले जनही २ हजार प्राप्त गरे । उदियमान खेलाडी आयोजकका देबेन्द्र लिम्बु र सविता लिम्बु घोषित हूँदै जनही १ हजार प्राप्त गरे । तरुण दल वडा नं ७ का सभापति रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पाँचथर सभापति नरेन्द्र केरुङको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रममा आदिवासी जनजाती महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष एवम संविधानसभा सदस्य नगेन्द्रकुमार कुमालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि केरुङ, विशेष अतिथि कुमाल, नेपाली कांग्रेस माई नगर सभापति कृष्ण खाकी, देउमाई नगरपालिकाका वडाध्यक्ष राजेन्द्र बाँस्तोला लगायले मन्तव्य राखेका थिए । तरुण दल वडा नं ७ को आयोजना र महमाई एकता क्लबको सहआयोजना गत माघ २२ गतेबाट प्रतियोगिता संचालनमा रहेको थियो । प्रतियोगितामा पुरुष तर्फ इलाम र झापाका गरी कुल ३२ र महिला तर्फ १२ टिमको सहभागिता रहेको थियो । सिजी ब्रुअरी प्रालि नेपाल को नेपाल आइस स्ट्रङ्ग र मुस्ताङ प्रीमियम स्ट्रङ्ग बियर मुख्य प्रायोजक रहेको प्रतियोगिताको संरक्षक जनजाति महासंघका निवर्तमान अध्यक्ष एवम संविधानसभा सदस्य नगेन्द्रकुमार कुमाल रहेका छन्
प्रतिक्रिया