इलाम / स्थानीय सत्तामा आएपछि आफैलाई अन्तिम विकल्प मान्ने जनप्रतिनिधिको शैलीलाई अख्तियार दुरुपयोग अनुसन्धन आयोगको ६१ बुँदे सुझावले विधि प्रयोग गर्न बाध्यमात्रै पारेको छैन तहहरुमा हलचल समेत पैदा गरेको छ ।
इलामका केहि स्थानीय तहले अख्तियारको पत्रलाई कार्यान्वायन गर्न कार्यपालिका बैठक बोलाएरै प्रतिवद्धता जनाएका छन् भने कतिपय प्रशासकिय अधिकृतहरुले शाखाहरुलाई पत्र लेखेर अख्तियारको सुझावलाई लागुगर्न निर्देशन दिएका छन् ।
इलामको इलाम नगरपालिकाले अख्तियारको सुझावलाई दृणताकासाथ कार्यान्वायन गर्ने निर्णय गरेको छ ।
नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठका अनुसार कार्यपालिका बैठकले शुक्रबार अख्तिीयाको सुझावहरुलाई कार्यान्वयनपक्षमा दृढताका साथलागू गन निर्णय गरेको हो । उनले भने ‘यस अघि पनि कानुनसम्मत तरिकाले नै काम भएको छ, अब अझ दृणताका साथ सुझाव कार्यान्वायन गर्ने निर्णय गरिएको छ ।
सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौड्यालले सबै शाखालाई पत्र लेखेरै सुझाव कार्यान्वायन गर्न निर्देशन दिएका छन् ।
रोङ गाउँ पालिकाले पनि कर्मचारी र जनप्रतिनिधिलाई अख्तियारको सुझाव कार्यान्वायन गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष सम्सेर राईले जानकारी दिए ।
अख्तियारले ६१ बुदे सुझाव पठाएको हो । अख्तिहारले आफुसमक्ष परेको उजुरीको आधारमा दिएको सुझावमा स्थानीय तहका पदाधीकारीबाट अधिकार दुरुपयोग गर्ने गरेको विषयमा ४ वटा सुझाव दिएको छ । योजना कार्यान्वायन तथा व्यवस्थापन सम्बन्धी १८ वटा, सेवा तथा खरिद सम्बन्धी ६ वटा, कर्मचारी व्यवस्थापन सम्बन्धी ४ वटा, सामाजिक शुरक्षा भत्ता, सेवा सुविधा सम्बन्धी २ वटा, सार्वजनिक जग्गा र सिफारीस सम्बन्धी ४ वटा, अभिलेख व्यवस्थापन सम्बन्धी २ वटा, प्रदेश सरकार तथा अन्तरगतका निकायमा देखिएका सवाल सम्बन्धी १३ वटा, शिक्षसंग सम्बन्धीत ९ वटा सुझाव पठाएको छ ।
प्रतिक्रिया