सूर्योदयमा फोटो प्रतियोगिता

इलाम:विश्व पर्यटन दिवसको अवसर पारेर इलामको सूर्योदय नगरपालिकाले फोटो प्रतियोगिता गर्ने भएको छ । ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचारका लागि आगामी असोज ११ गते प्रतियोगिता हुन लागेको नगरपालिकाका कर्मचारी सृजन गदालले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले १५ हजार, दोश्रो हुनेले १० र तृतिय हुनेले ५ हजार रुपैया प्राप्त गर्नेछन् ।  नगरपालिकाको पर्यटन प्रर्वद्धनमा योगदान गर्न सक्ने फोटो माग गरिएको छ । सहभागीहरुले बढीमा ५ वटासम्म फोटो पठाउन सक्नेछन् । फोटोसंगै कम्तीमा ५० शब्दको विवरण समेत हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले ड्रोनबाट खिचेको तस्बिरलाई प्रतियोगितामा सहभागी नगराउने जनाएको छ । असोज ९ गते राती १२ बजेसम्म फोटो पठाउने मिति तोकिएको छ ।