logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • लकडाउनको सातौं दिन इलाम, सुनसान बजार

    लकडाउनको सातौं दिन इलाम, सुनसान बजार

    चैत १७, इलाम । लकडाउनका कारण पूर्वी इलामको सदरमुकाम सहित जिल्लाका प्रमुख बजारहरु सुनसान रहेका छन् । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)बाट सतर्क रहन सरकारले गरेको आग्रहलाई पालना गर्दै प्रायः मानिसहरु घरबाहिर निस्किएका छैनन् । इलाममा तुलनात्मक रुपले अहिले नागरिकले लकडाउनलाई कार्यान्वयन गरेको पाइएको छ ।

    बिहान र साँझको समयमा मात्रै इलाममा तरकारी, खाद्यान्न किनमेलका लागि फाट्टफुट्ट रुपमा मानिसहरु बजारमा निस्कने गरेको पाइन्छ । इलाममा लकडाउनको सातौं दिनसम्म आइपुग्दा नागरीकलाई निकै असहज महसुस भइसकेको छ । तर नागरिकहरु स्वास्थ्य भन्दा ठूलो केही होइन भन्दै सरकारले जारी गरेको निर्देशनलाई पालाना गरेर घरमा नै बसेका छन् । उपभोक्ताहरु बिशेष गरेर अहिले तरकारी र ग्याँस नपाउँदा मारमा छन् । ग्याँस डिलरमा नआउँदा खाना पकाएर खान समस्या हुन थालेको उपभोक्ताहरु बताउँदै आएका छन् । त्यसैगरी, औषधि पसलमा भने फाटफुट मानिस औषधि लिन आउने गरेका छन् । अति आवश्यक औषधि लिन मानिसहरु पसलमा आउने गरेको मेडिकल सञ्चालकहरु बताउँछन् । इलाममा प्रेस, एम्बुलेन्स, अस्पतालका सवारी साधन मात्र फाट्टफुट्ट मात्र बजारमा गुडेका छन् ।

    प्रहरीले चोक–चोकमा चेकजाँचलाई कडाई गरेको छ भने सडकमा देखिएका मानिसहरूलाई घरभित्रै बस्न आह्वान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सरकारले पहिलो चरणमा १८ गतेसम्म लकडउन गर्ने घोषणा गरेपनि आइतबार पुन एकहप्ता थप गरेर २५ गतेसम्म गर्ने निर्णय गरीसकेको छ ।



    निगरानी संवाददाता    
  • २०७६ चैत्र १७, सोमबार १०:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP