logo
  • २०८२ फाल्गुन २६, मंगलवार | Tue, 10 Mar 2026
  • सूर्योदय नगरपालिका वडा नं. ७ मा व्युटिसियन तालिम सम्पन्न

    सूर्योदय नगरपालिका वडा नं. ७ मा व्युटिसियन तालिम सम्पन्न

    कन्याम:इलामको सूर्योदय नगरपालिका वडा नं. ७ मा एक महिने व्युटिसियन तालिम आज सम्पन्न भएको छ। वडाका महिलाहरुलाई व्यावसायिक सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा १७ जनाको सहभागिता रहेको थियो।
    सूर्योदय नगरपालिका वडा नं. ७ को आयोजना र सूर्योदय नगर उद्योग वाणिज्य संघको व्यवस्थापनमा सञ्चालन भएको तालिमले महिलाहरुलाई आर्थिक आत्मनिर्भरता र सामाजिक सशक्तिकरणमा योगदान पुर्याउने अपेक्षा राखेको वडा अध्यक्ष लोक बहादुर चम्लिङ राईले बताए।
    तालिममा सहभागी महिलाहरुलाई व्यावहारिक र सैद्धान्तिक दुबै प्रकारको प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक कामना दाहालले बताइन्।
    सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै वडा सदस्य गजबहादुर घलले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्नु पर्ने बताए। वडा अध्यक्ष चम्लिङ राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ नेपाल सूर्योदय नगर समितिका सचिव मणि घिमिरेले व्यवसाय गर्ने महिलाहरुलाई यो तालिम उपयोगी हुने बताए। सहभागी माया लिम्बुले तालिम प्रभावकारी भएको बताइन्।
    वडा अध्यक्ष राईले सहभागिको चाहना अनुसार आगामी वर्ष थप तालिम प्रदान गर्ने आश्वासन दिए। कार्यक्रमका अध्यक्ष प्रमोद राईले सूर्योदय नगर उद्योग वाणिज्य संघ व्यवसायीको वृत्ति विकासमा निरन्तर क्रियाशील रहेको बताए।



    निगरानी    
  • २०८२ जेष्ठ ७, बुधबार १६:०९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP