इनपाको राहात कोषमा ४८ लाख

चैत २७, इलाम । कोरोना भाइरससँग जुध्न इलामका सबै स्थानीय तहले राहत कोष स्थापना गरेका छन् । विभिन्न शीर्षकका बजेट समेत कटौती गरेर पालिकाहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण राहत कोष स्थापना गरेका हुन् । पालिकाहरुले स्थापना गरेको राहात कोषमा रकम जम्मा हुने क्रमपनि बढिरहेको छ ।

यसैक्रममा इलामनगरपालिकाले स्थापना गरेको इलाम नगरपालिका स्थानीय तह आकस्मिक कोषमा हालसम्म ४८ लाख रुपैंया जम्मा भइसकेको छ । नगरपालिकाले सुरुमा बिपद ब्यबस्थापन शिर्षकबाट १९ लाख रुपैंयाँ जम्मा गरेपछि थप रकम जम्मा हुने क्रम बढेको हो । उक्त कोषमा नगरपालिकाका कर्मचारीको एक महिनाको सुबिधबाट ८ लाख ८५ हजार, कर्मचारीको तालिम शिर्षक र कार्यक्रम खर्चबाट ५÷५ लाख रुपैंयाँ जम्मा गरीएको थियो । यस्तै बिभिन्न दाता तथा संघ संस्थाले पनि उक्त कोषमा रकम जम्मा गरेका छन् । नगरपालिकाले कोषमा रकम जम्मा गर्नका लागि अन्य संघसंस्था, दाता, बैंकहरुलाई पनि आग्रह गरेको छ ।