इलामः कृषिमा प्रत्यक्ष विदेशी लगानी भित्राउन सरकारले गरेको पछिल्लो निर्णयको विरोधमा ५९ जिल्ला कृषक समूहहरुले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र पठाएर विरोध गरेका छन् ।
राष्ट्रिय कृषक समूह महासंघका जिल्ला कार्यसमितिको अगुवाइमा ५९ जिल्लाका राष्ट्रिय कृषक समूह महासंघका जिला कार्यसमितिले उद्योगा वाणिज्य तथा आपुर्ती मन्त्रीलाई ज्ञापन पत्र बुझाएको महासंघकी सूचना अधिकृत प्रतिमा पराजुलीले जानकारी दिइन् ।
इलामममा महासंघको जिल्ला समितिका अध्यक्ष विष्णु प्रसाद दुलालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइ मार्फत ज्ञापन पत्र पठाएका थिए । ज्ञापन पत्र बुझाउँदै महासंघ अध्यक्ष दुलालले प्रत्यक्ष लगानी कृषि उत्पादनमै भएमा भुमिहिन, सिमान्तकृत र साना किसानहरु विस्थापीत हुने भएकाले सरकारको कदम गलत भएको बताए ।
महासंघका केन्द्रिय अध्यक्ष नबराज बस्नेतले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी लगानी निषेध गर्ने व्यवस्था भए पनि मन्त्री परिषदले ७५ प्रतिशत निर्यात गर्ने सर्त राखी कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णयले नेपाली भूमिहिन, सिमान्त कृषि श्रमिक, महिला र साना किसानहरुलाई विर्सेर केही ठूला लगानी कर्ताहरुको पहलमा गलत प्रयास भएको आरोप लगाए ।
प्रतिक्रिया