logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • पुष्प खेती तालिम सम्पन्न

    पुष्प खेती तालिम सम्पन्न

    सूर्योदय : इलामको सूर्योदय नगरपालिका वाड न ८ मा महिलाहरुका लागि पुष्प खेती सम्बन्धी दुई दिने तालिम विहीबार सम्पन्न भएको छ ।
    पुष्प उद्यमी लासाङ तामाङले सहजीकरण गरेको तालिममा वडाका १७ वटा टोलबाट २५ जना महिलाको सहभागीता रहेको थियो ।
    तालिम समापनका अवसरमा वडाअध्यक्ष जंग बहादुर गुरुङ्गले महिलाहरुलाई आयआर्जनको बाटो बनाउन पुष्प खेती तालिम आयोजना गरेको बताए ।
    प्रशिक्षक तामाङ्गले पर्यटकीय क्षेत्रमा आयोजना गरिएको तालिमले व्यवसायीक फूल खेतीका लागि सहयोग गर्ने बताइन् ।
    वडासदस्य कमल गड्तौलाले वडाले आगामी बर्ष कृषीमा उद्यमशिलता विकास गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गर्ने बताए ।
    वडासचिव इश्वर पौड्यालका अनुसार वडाले चालु आर्थिक बर्षमा व्यवसाय प्रवद्र्धन, च्याउ खेती, होमस्टे प्रवद्र्धन लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।
    सहभागि मुना ढकाल (भट्टराई)ले तालिम व्यवसायीक फूल खेती गर्न चाहनेका लागि उपलव्धीमुलक भएको बताइन् ।
    पुष्प खेती तालिमका केही तस्विरहरु :



    Avatar निगरानी    
  • २०८१ जेष्ठ १७, बिहीबार १८:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP