सविता पाण्डे , इलाम ,९ असार :
इलाम नगरपालिकाले आर्थिक वर्ष २०८०/ ८१ को लागि बजेट नीति र कार्यक्रम पारित गरेको छ । नगरपालिकाको शनिबार सम्पन्न १३ औ नगरसभामा पेश भएको बजेट नीति र कार्यक्रम पारित गरेको हो । कृषि , शिक्षा पर्यटन र स्वास्थ्यलाई प्राथमिकतामा राखेर नगरको नीति , कार्यक्रम मार्फत बजेट कार्यन्वयन गरिने जनाइएको छ । सभाले अनुमानित एक अर्ब १२ करोड ६६ लाख २५ हजार रुपैयाको आय व्यय पारित गरेको छ । उपप्रमुख विष्णु दहाल लिम्बुले पेश गर्नु भएको नीति र कार्यक्रम सभाले पारित गरको छ । ‘सम्मुनत इलाम सम्पन्न इलामेली ’ नगरको नारालाई नीति , विधी र व्यवहारमा अनुशरण गरेर इमानदारिता र निष्ठामा रुपान्तरण गर्दै इलामलाई समृद्ध नगर बनाउने नीति तथा कार्यक्रम राखिएको उपप्रमुख दहालले बताउनु भयोे । सभामा आर्थिक विकास समिति संयोजक काजी बहादुर श्रेष्ठले प्रस्तुत गर्नु भएको एक अर्ब १२ करोड ६६ लाख २५ हजार रुपैयाको अनुमानित आय व्यय विवरण सहितको बजेट सभाले पारित गरेको छ । संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान र नगरको आन्तरिक श्रोतको आधारमा अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिएको थियो ।
नगरको प्राथमिकताको आधारमा सरोकारवाला संघ संस्था तथा निजी क्षेत्रको सहकार्यमा आर्थिक सामाजिक र भौतिक विकासको लागि काम गरिने नगरप्रमुख केदार थापाले बताउनु भयो । नगरको विकास र समृद्धिको लागि ‘मेघा प्रोजेक्ट’ तयार गरी अगाडि बढाइने बताउनु भयो ।
तीन वटा संसोधन प्रस्ताव पारित
सभामा प्रस्ताव भएका दुईवटा ऐन र सर्वेक्षण प्रतिवेदन संसोधन प्रस्ताव संसोधन गरेको छ । इलाम नगरपालिका कर्मचारी व्यवस्थापन ऐन पाचौ संशोधन प्रस्ताव र इलाम नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वोक्षण प्रतिवेदन २०७६ को दरबन्दी थप सम्बन्धी संशोधन प्रस्ताव सुसाशन तथा संस्थागत विकास समिति संयोजक गिरीराज रिजालले प्रस्तुत गर्नु भएको थियो । यसैगरी इलाम नगरपालिका ,खानेपानी व्यवस्थापन ऐन २०७७ को दोस्रो संशोधन प्रस्ताव सामाजिक विकास समिति संयोजक ओमनाथ प्रधानले गर्नु भएको थियो । सभाबाट तीन वटै संशोधन प्रस्ताव पारित भएको छ ।
प्रतिक्रिया