कन्याम । इलामको सूर्योदय नगरपालिकाको आर्थिक विकासका लागि सूर्योदय नगर उद्योग बाणिज्य संघले सरोकारवालासँग राउण्ड टेवल छलफल शुरु गरेको छ । सूर्योदय नगर इलामको आर्थिक संवृद्धिको आधार खोजेर विकासको मागचित्र निर्माणका लागि संघले ‘राउण्ड टेवल’ छलफल शुरु गरेको हो ।
पर्यटन, कृषि र दुग्ध व्यवासयमा अगाडि रहेको नगर क्षेत्रमा उद्योग बाणिज्य संघले सरोकारवालाहरुसँग सुझाव संकलन गर्ने योजना अनुरुप काम अन्तरक्रिया कार्यक्रम अघि सारेको थियो । सो कार्यक्रम अन्तरगत फिक्क माध्यमिक विद्यालयको हलमा सरोकारवालाहरुसँगको अन्तरक्रिया सम्पन्न भइसकेको छ भने सूर्योदय वडा नम्बर ६, ७ र ८ का उद्योगी व्यवसायीको नगरको आर्थिक विकासमा चाल्नुपर्ने कार्यक्रमका बारे सुझाव संकलन गरेको छ ।
राउण्ड टेवलका लागि सूर्योदय नगरपालिकाले आर्थिक सहयोग गरेको छ । सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईको अध्यक्ष र सूर्योदय नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जंग गुरुङ्गको प्रमुख आथित्यतामा सूर्योदय वडा नम्बर ७ को सभाहलमा राउण्ड टेवल छलफल सम्पन्न भएको छ ।
कन्याम, अन्तु, पशुपतिनगर, तिनघरे र फिक्कल गरि ५ स्थानमा सरोकारवालासँग राउण्डअन्तरक्रिया गर्ने योजना अनुरुप कार्यक्रम आयोजना गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए ।
नगर भित्रका उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्न पहल गर्ने र नगर क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउने उदेश्यले गरि अन्तरक्रिया महिला उद्योगीका समस्या बारे छलफल गर्न छुट्टै कार्यक्रम आयोजना गरिने महासचिव तोयानाथ भट्टराईले बताए । कन्याममा आइतबार भएको कार्यक्रममा होटल व्यवसायी, पर्यटन व्यवसायी, चिया उद्यमी, कन्यामको पर्यटन क्षेत्रमा क्रियासिल घोडा व्यवसायी, ठेला व्यवसायी, लगायतले आफ्नो धारण व्यक्त गरेका थिए ।
बाणिज्य संघ महिला उद्यमी समितिकी संयोजक हेममाया प्रधानले संघले उद्यमी महिलाहरुका समस्या समाधान गर्दै उनीहरुको उन्नतीमा संघले साथ दिने बताइन् ।
कार्यक्रममा होटल व्यवसायी टिका ओडारीले सूर्योदयको विकासको आधार पर्यटन बन्दै गएकाले यस क्षेत्रको विकासका लागि सरोकारवालाहरु विच सहकार्य आवश्यक रहेको बताए ।
चिया उद्यमी महेश अर्यालले चिया क्षेत्रमा वगान देखि प्रशोधन सम्म नै सुधारको आवश्यकता रहेको बताए । चिया क्षेत्रमा शुक्ष्म अध्यायन आवश्यक रहेकामा जोड दिए ।
कार्यक्रममा कन्याममा रहेका ट्रली व्यवसायीले भोगि रहेका समस्या, पर्यटकीय क्षेत्रमा रहेका भौतीक पुर्वाधारको अवस्था र अभावका विषयमा समेत सहभागिले गुनासो र सुझाव राखेका थिए ।
संघले उद्यमीका समस्या, चुनौती, गुनासो र अवसर पहिचान गरेर सूर्योदय नगरपालिकालाई आर्थिक नीति र ऐन निर्माणमा सहयोग गर्न राउण्ड टेवल छलफलको शुरुवात गरेको महासंघका वरिष्ठ उपाध्यक्ष ुरेन पौड्यालले बताए ।
दूग्ध व्यवासाय तथा सहकारीकर्मी इकाराम प्रधानले अहिले पनि दुग्ध उत्पादक किसानले लागत अनुसारको मुल्य नपाएको गुनासो गर्दै वास्तविक किसानले अनुभुती गर्ने प्रकारको कार्यक्रम आवश्यक रहेको बताए । कार्यक्रममा होटल व्यवसायी तोयानाथ शर्मा, नगेन्द्र रिजाल,सहकारीकर्मी हेमन्त निरौला, चिया उद्यमी महेश अर्याल, मान कुमार लाप्चा, डेरी व्यवसायी रमेश तिमसिना, चिया उद्यमी टिकाराम अधिकारीले आफ्नो आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन उद्योग बाणिज्य संघका सचिव सुजन तिमसिनाले गरेका थिए ।
प्रतिक्रिया