logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • सूर्योदयको बजेट एक अर्ब ३५ करोड

    सूर्योदयको बजेट एक अर्ब ३५ करोड

    फिक्कलः इलामको सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३५ करोड ७९ लाख ५७ हजार निर्माण गरेको छ । शनिबार सनिवार फिक्कल नमुना माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमका विच नगरको बजेट सार्वजनिक गरिएको हो ।
    मा.विको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै बजेट सार्वजनिक गरिएको हो । चालु बर्षको बजेटमा चालु तर्फ करिब ५० प्रतिशत र पुँजीगत तर्फ ४९ प्रतिशत बजेट विनियोजन गरिएको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए ।
    नगरले शिक्षा, भौतीक पुर्वाधार र क्षमता विकासमा लगायतमा बजेट विनियोजन गरेको छ । संविधान र कानुनका व्यवस्था, निर्देशनहरु र स्थानीय आवश्यकता समेतलाई समेटेर बजेट आएको प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईले बताए ।
    नगरले आर्थिक विकासका लागि २२ करोड ७५ लाख रुपैयाको कार्यक्रम निर्माण गरेको छ । पुर्वाधार विकासको लागि ४३ करोड ६६ लाख खर्च गर्ने नगरको लक्ष्य रहेको छ ।
    कार्यक्रममा प्रदेश १ को संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वाले सूर्योदयले प्रदेश सरकारकारले एक गाउँ एक उत्पादन अन्र्तगत इलामलाई छुर्पीको क्षेत्रको रुपमा अघि बढाइने बताइन् ।
    नगर प्रमुख रणबहादुर राईले विनियोजित बजेट नगरको समृद्धि, शैक्षिक उन्नयन, कृषि र पर्यटन प्रर्वद्धनलाई मुख्य प्राथमिकतामा राख्दै अघि बढेको बताए ।
    नगर प्रमुख राईले इलामको छुर्पीले अन्तराष्ट्रिय बजारमा समेत चर्चा पाएकाले यसको प्रर्वद्धन गरिने बताए । उनले चियामा देखिएको समस्या समाधान गर्न नगरपालिकाले प्रयास गरिरहेको बताए ।
    नगरले सम्पती कर भुक्तानी, सिफारिस, सुची दर्ता र अन्य पत्रहरु दर्ता अब अनलाइनबाटै गरी अनलाईन पोर्टल समेत शुर गरेको छ । प्रमुख प्रशासकिय अधिकृत भट्टराईले नगरले अनलाइन सेवा पोर्टल सुरु गरेको जानकारी दिए ।
    बजेट सार्वजनिकीकरण कार्यक्रममा संविधानसभा सदस्य लीला देवि श्रेष्ठ, माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गेल, नेपाली कांग्रेसका सभापति जिवन कुमार नेपाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संविधानसभा सदस्य टिकाराम सुब्बा, सूर्यबाला राई, रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्वो सुवास, सुरक्षा निकायका प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।
    नगर उपप्रमुख दुर्गाकुमार बरालले स्वागत गरेको कार्यक्रममा मन्तव्य राखेको कार्यक्रममा पत्रकार दिनेश महत सहित कृषि, शिक्षा, स्वास्थ्य, र सामाजिक क्षेत्रमा योगदान दिने ४८ जनालाई सम्मान समेत गरिएको थियो । महत बुद्दवाणी एफएमका अध्यक्ष हुन् ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ श्रावण १४, शनिबार १६:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP