सूर्योदय : इलामको सूर्योदय नगरपालिका ८ शान्ति चोकमा होमस्टे सम्बन्धी अभिमुखिकरण तालिम शुक्रबार शुरू भएको छ ।
दुई दिन सम्म चल्ने तालिमको सूर्योदय नगरपालिकाका उपमेयर दुर्गा कुमार बरालले उद्घाटन गरेका हुन् ।
पर्यटन कार्यालय काँकडभिट्टा झापाका प्रमुख छवि खतिवडाको अध्यक्षतामा शुरू भएको तालिममा स्थानीय होमस्टे सञ्चालकहरूको सहभागिता रहेको मानेडाँडा सिसापुल सामुदायीक होमस्टेका अध्यक्ष अनिश याक्खाले जानकारी दिए ।
पर्यटन कार्यालय काँकडभिट्टाको आयोजना र मानेडाँडा सिसापुल सामुदायीक होमस्टेको सहकार्यमा शुरू भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै सूर्योदय नगरपालिका ८ का वडाअध्यक्ष जंगबहादुर गुरूङले वडाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेकाले यस्ता कार्यक्रमले वडाका योजनामा थप सहयोग पुग्ने बताए ।
उपमेयर बरालले नगरले नयाँ गन्तव्य निर्माणका लागि काम गरिरहेको बताए ।
प्रतिक्रिया