logo
  • २०८२ फाल्गुन २६, मंगलवार | Tue, 10 Mar 2026
  • इलाममा   चिया उद्योगमा आगलागी , करोडौंको क्षति

    • निगरानी
    • २०८१ फाल्गुन १४, बुधबार ०१:३८ गते
    इलाममा   चिया उद्योगमा आगलागी , करोडौंको क्षति


    इलाम फागुन १४ :
    इलाम नगरपालिका ४ स्थित जसविरेमा रहेको जसविरे  चिया  उद्योगमा गएराती  आगलागी भएको छ ।  उद्योगमा अचानक आगो लागेको सम्पूर्ण मेसिन र भवन जलेको छ ।  राती नै घटनास्थल पुग्नु भएका इलाम नगरपालिका ६ का वडाअध्यक्ष दुर्गा श्रेष्ठले उद्योग पुर्ण रुपमा जलेको बताउनु भएको छ । आगलागीको कारण खुल्न नसके पनि विद्युत् सर्ट भएको अनुमान छ ।
     आयो निभाउन इलाम नगरपालिकाको  वारुणयन्त्र र स्थानीयको प्रयास सफल हुन सकेन ।   आगलागीबाट करोडौंको क्षति भएको अनुमान छ   क्षतिको पुर्ण विवरण आइसकेको छैन।
    यस  चिया उद्योगका सञ्चालन सरद सुब्बा केही महिनाअघि काठमाडौंमा आयोजित ‘नेपाल टी च्यालेन्ज २०२४’ मा नेपालका चिया उत्पादकहरूको प्रतिस्पर्धामा नेपालकै ‘बेस्ट टि मेकर’ घोषित हुनु भएको थियोे । 
    उद्योगमा ‘स्पेसल टी’मात्रै उत्पादन हुन्थ्यो । यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको थियो । उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्ने गरेको र  नेदरल्यान्ड, अमेरिका, डेनमार्क, फ्रान्सलगायत देशमा निर्यात हुदै आएको थियो ।



    निगरानी    
  • २०८१ फाल्गुन १४, बुधबार ०१:३८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP