logo
  • २०८३ बैशाख १८, शुक्रबार | Fri, 01 May 2026
  • बियरका बोतलबाट निर्मित यो अनौठो बौद्ध स्तुपा

    • निगरानी
    • २०७६ आश्विन १७, शुक्रबार १०:०० गते
    बियरका बोतलबाट निर्मित यो अनौठो बौद्ध स्तुपा

    हामीले विभिन्न ठाउँका विभिन्न रोचक र अनौठा घटनाहरु सुन्दै र देख्दै आएका छौं । यस पृथ्वीमा केही प्राकृतिक रुपमै अनौठा र आश्चर्यचकित पार्ने स्थान छन् त केही मानव निर्मित ।

    थाइल्याण्डमा यस्तै मानव निर्मित एउटा अचम्मको बौद्ध स्तुपा छ । सुन्दा पत्याउन मुस्किल हुन्छ । किनकी यो बौद्ध स्तुपा इट्टा, ढुंगा या सिमेन्टले बनेको छैन । बौद्ध स्तुपाको निर्माण बियरका खाली बोतलले गरिएको छ । स्तुपाको सबैतिरका पिलर समेत बियरका बोतलले नै बनाइएको छ ।

    यस स्तुपालाई देखेर इन्जिनियर नै चकित हुने गर्छन् । यस बौद्ध स्तुपाको अवलोकन गर्न  टाढा–टाढादेखि वर्षेनी लाखौंको संख्यामा मानिसहरु यहाँ आउने गर्छन् ।

    थाइल्याण्डको शिशकेत प्रान्तमा रहेको यो स्तुपा बनाउनका लागि दश लाख बियरका बोतलको प्रयोग गरिएको बताइन्छ । यस बौद्ध स्तुपामा भिक्षु पनि बस्दै आएका छन् ।



    निगरानी    
  • २०७६ आश्विन १७, शुक्रबार १०:०० गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP