logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आएन

    भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आएन

    एजेन्सी , बैशाख ३० । भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन ।

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १२० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३१७ जनाको ज्यान गइसकेको छ ।

    मन्त्रालयका अनुसार दैनिक कोभिड–१९ का संक्रमितको संख्यामा भने केही कमी आएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा तीन लाख ६२ हजार ७२७ जना नयाँ संक्रमित थपिएका छन् भने तीन लाख ५२ हजार संक्रमणमुक्त भएका छन् ।

    भारतमा हालसम्म दुई करोड ३७ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् जसमध्ये एक करोड ९७ लाख ३४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख १० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

    भारतको राजधानी नयाँ दिल्ली, मुम्बई समेतका ठूला शहरमा कोरोनाभाइरसबाट पीडित बिरामीको उपचारमा ठूलो संकट उत्पन्न भएको छ । विभिन्न प्रमुख शहर एवं राज्यमा स्थानीय तहमा सरकारले पूर्ण लकडाउन, आंशिक लकडाउन, प्रतिबन्ध, कफ्र्यु समेतका उपायहरु घोषणा गरे पनि केन्द्र सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७८ बैशाख ३०, बिहीबार ०९:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP