logo
  • २०८३ बैशाख ५, शनिबार | Sat, 18 Apr 2026
  • गुण्डा नाइके बाघे भनिने सुक बहादुर तामाङ्ग पक्राउ

    • निगरानी
    • २०७६ कार्तिक १, शुक्रबार ०८:४९ गते
    गुण्डा नाइके बाघे भनिने सुक बहादुर तामाङ्ग पक्राउ

    काठमाडौँ । गुण्डा नाइके बाघे भनिने सुकबहादुर तामाङ पक्राउ परेका छन् । तामाङलार्इ महानगरीय अपराध महाशाखाले स्वयम्भूबाट पक्राउ गरेको हो । बालुवा बिक्रीमा ठगी अभियोगमा तामाङलाई पक्राउ गरिएको हो ।

    यसअघि विभिन अपराधमा पक्राउ पर्दै छुट्दै आएका उनी बिएस डिपोका सञ्चालक हुन् । बाघेसहित दुई दर्जनभन्दा बढी बालुवा डिपोका सञ्चालकलाई स्वयम्भू, महाराजगन्ज र बालाजुबाट महाशाखाको टोलीले पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार बाघेसहित काठमाडौंको पश्चिम उत्तरी क्षेत्रमा बालुवा डिपो चलाउनेहरुलाई महानगरीय प्रहरी बृत्त बालाजु, महाराजगञ्ज र स्वयम्भूको टोलीले पक्राउ गरेको हो। उनीहरुलाई शुक्रबारै २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी महाशाखाले गरेको छ।



    निगरानी    
  • २०७६ कार्तिक १, शुक्रबार ०८:४९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP