logo
  • २०८३ बैशाख ८, मंगलवार | Tue, 21 Apr 2026
  • प्रेम संसार’ गीतमा ‘बुगी वुगी’ विजेता कवितासंग प्रेमको रोमान्स

    • निगरानी
    • २०७६ कार्तिक १, शुक्रबार ०९:१६ गते
    प्रेम संसार’ गीतमा ‘बुगी वुगी’ विजेता कवितासंग प्रेमको रोमान्स

    काठमाडौं। आउँदो मंसिर १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रेम संसार’ को दोस्रो गीत सार्वजनिक गरिएको छ।रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा ‘सुन सुन चम्पा…’ बोलको गीतमा सार्वजनिक गरिएको हो। गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ। भिडियोमा डान्सिङ रियालिटी शो ‘बुगी बुगी’ विजेता कविता नेपालीसंग फिल्मका अभिनेता प्रेम सोनी गहतराज र अभिनेत्री मोनिका दाहाल फिचर्ड छन्।

    गीतको कोरियोग्राफी एकेन्द्र सारा संसारले गरेका हुन्।

    सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको फिल्मको कथा लेखन, निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार(गहतराज) हुन्। फिल्ममा प्रेम सोनी, कविता नेपाली, आयुष्मा कार्की, मोनिका दाहाल विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल विक, यम बहादुर विक, विजय सुनार, टंक मरासैनी, किशोर पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ।

    फिल्ममा उत्तम केसी र देबीन गहतराज कार्यकारी निर्माता, कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन्।फिल्मका गीतमा अर्जुन पोख्रेल र बिबी अनुरागीको संगीत, शंकर महर्जनको द्वन्द, एकेन्द्र सारा शंकर र राम गौतमको कोरियोग्राफी, दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ।



    निगरानी    
  • २०७६ कार्तिक १, शुक्रबार ०९:१६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP