logo
  • २०८३ असार ११, बिहीबार | Thu, 25 Jun 2026
  • श्रेष्ठको अर्धसतक, चितवन प्लेअफमा

    • निगरानी
    • २०७६ कार्तिक २, शनिबार ०९:१५ गते
    श्रेष्ठको अर्धसतक, चितवन प्लेअफमा

    काठमाडौं । चितवन राईनोज महिला फ्रेन्चाईज क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) को प्लेअफमा पुगेको छ ।किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार पोखरा पल्टनलाई ७ विकेटले हराउँदै चितवन लगातार तेस्रो जितसहित प्लेअफमा पुगेको हो ।

    पोखराले दिएको १ सय २८ रनको लक्ष्य चितवनले १८ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । चितवनको जितमा काजल श्रेष्ठले ५१ रनको अर्धशतकीय इनिङ्स खेलिन् ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

    पोखराका लागि कप्तान सिता राना मगर अर्धशतकीय पारी खेलिन् । सिताले ५६ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६५ रनको अविजित पारी खेलिन्।यस्तै मञ्जु बोगटीले अविजित २४ रन बनाउँदा कविता कुवरले १५ जोडिन् । पोखराका अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । चितवनका कबिता गौतमले २ र रेखा रावलले १ विकेट हात पारिन् ।



    निगरानी    
  • २०७६ कार्तिक २, शनिबार ०९:१५ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP