logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • काँग्रेस सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको खुलाशा

    • निगरानी
    • २०७६ कार्तिक ५, मंगलवार ०८:५९ गते
    काँग्रेस सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको खुलाशा

    काठमाडौं / पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ। भारतको उत्तरप्रदेशको गोरखपुरमा उनको स्थायी बसोवास रहेको प्रमाण देखिन्छ ।

    उनले भारतीय नागरिकका रुपमा सपथ खाएको र त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्षको जिम्मेवारी लिइरहेको खुलेको छ ।

    भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले भारतीय नागरिककै रूपमा शपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ ।

    उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षका लागि कँडेल चुनाव लडेका थिए । सन् २०१६ मा भएको चुनावमा उनी असफल भए पनि गत वर्ष भएको चुनावमा भने उनी निर्वाचित भएका थिए ।

    निर्वाचित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको व्यहोरा उल्लेख गरेका छन् । आफूले दिएको विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि उनले शपथमा गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।



    निगरानी    
  • २०७६ कार्तिक ५, मंगलवार ०८:५९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP