logo
  • २०८३ कार्तिक १७, सोमबार | Mon, 02 Nov 2026
  • इलाममा पटाका बरामद

    • निगरानी
    • २०८३ कार्तिक १७, सोमबार १५:४२ गते
    इलाममा पटाका बरामद


    इलाम१६ कार्तिक :
    इलाममा एक लाख रुपैयाँ बराबरका अवैध पटाका बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गए राती इलाम नगरपालिका–९ गोलाखर्कस्थित मेची राजमार्गमा चेकजाँचका क्रममा पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
    गोलाखर्क प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले झापाबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३७९१ नम्बरको सार्वजनिक विद्युतीय (ईभी) गाडी जाँच गर्ने क्रममा यात्रु सिटमुनि र कार्टुनमा लुकाइछिपाइ राखिएको करीब  एक लाख रुपैयाँ बराबरका विभिन्न १२ प्रकारका पटाका नियन्त्रणमा लिएको जिल्ला  प्रहरी कार्यलय इलामका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनु भएको  छ ।
    प्रहरीले बरामद गरेका पटाकामा सुप्रिम लेखिएको ६ प्याकेट, खोर्साने  पटाका ८ रोल, गोल्ड प्लस पटाका १ बट्टा, साइनो चकलेट आलुबम २० प्याकेट, जगमग चकलेट पटाका ६० बट्टा, स्पिनर डिलक्स १० प्याकेट, क्र्याक्टिङ ३० प्याकेट, पपपप ४ प्याकेट, फ्लावर पट्स डिलक्स ५ प्याकेट, रेड स्पाइरल झिरझिरे ८ प्याकेट, ग्रीन स्पाइरल झिरझिरे ४ प्याकेट र गेम चेन्जर पटाका २ प्याकेट रहेका छन् ।
    चाडपर्वका समयमा हुन सक्ने आगलागी, दुर्घटना तथा मानवीय क्षति न्यूनीकरण गर्न अवैध पटाकाको ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न जिल्ला प्रहरी कार्यालय इलामले सर्वसाधारणलाई आग्रह गरेको छ ।



    निगरानी    
  • २०८३ कार्तिक १७, सोमबार १५:४२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP